२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखरा यातायातले भित्र्यायो इभि बस सेवा , एउटा बसको मुल्य सवा करोड , लगानी उठ्नेमा दुबिधा !

पोखरामा आजबाट सार्बजनिक यातायात सेवामा बिजुलि बस सन्चालनमा ल्याइएको छ । पोखराको लामाचौरमा एक कार्यक्रमको आयोजना गरि बिजुली बस सेवा सुभारम्भ गरिएको हो । पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिना र पोखरा १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डेले सयुक्त रुपमा सेवाको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा यातायात व्यावसायि राष्ट्रिय महासङ गण्डकीका सचिब योगेन्द्र केसि , नव आदर्श सामुदायिक बिकास समाजका अध्यक्ष दिनेश भन्डारीले शुभकामना ब्यक्त गरेका थिए भने सिप्रदी मोटर्सका प्रमुख मोहदत्त भट्टराईले इभि बसको बारेमा प्रस्ट्याएका थिए ।
पोखरा यातायात सेवा प्रालिको ब्यबस्थापन र अशोक गुरुङ्गको शेयर लगानिमा १ करोड २५ लाख मुल्यमा टाटा कम्पनिको ३२ सिटर टाटा अल्ट्रा इभि गाडी खरिद गरिएको शेयर लगानिकर्ता अशोक गुरुङ्गले बताए । २१३ किलोवाटको ब्याट्री भएको उक्त बसले २५० किलोमिटर चल्न सक्ने क्षमता राख्ने टाटा मोटर्सका आधिकारिक बिक्रेता सिप्रदि ट्रेडिङ पोखराका प्रमुख मोहदत्त भट्टराईले बताए । यो गाडी ढोका नलगाइ नगुड्ने भएकोले सुरक्षात्मक रुपले हेरिन्छ भट्टराईले भने ।

बिजुली बस सरकारले विद्युतिय मोटरलाइ प्रोत्साहन दिने नीति अगाडि सारे सङ्गै नेपालमा विद्युतीय सवारी आयात ह्वात्तै बढेको छ । बातावरणिय दृस्ठिकोणबाट इभि बस अनुकुल देखिन्छ तर यसको सुरु लागत मुल्य सवा करोड बाट सुरु हुने र यो खर्चालु रहेको बुझिएको छ । इन्धन गाडी आयातको तुलनामा यो तीन गुना महङ्गो हो । पोखरामा धुवा फाल्ने गाडिहरुलाइ क्रमस बिस्थापन गर्दै इभि गाडी हाल्ने प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङले बताए । कार्यक्रम सस्थाका कम्पनी सचिब एबम महा निर्देशक देवि प्रसाद कुइकेलले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्