२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

तालबाराही माबिको अक्षयकोष खाता रहेको चेतना सहकारी समस्यामा , बचत रकम फिर्ता गर्न आलटाल !

नेपालका सहकारी सस्था बलियो कानुनको अभावमा समस्यामा पर्दै गएका छन । सहकारी सन्चालक समिति र अध्यक्षलाई दिइएको असीमित अधिकारको दुरुपयोग गर्ने प्रवृत्ति बढेका कारण आम सर्बसाधारण बचतकर्ताले गरेको लगानी फिर्ता गर्न समस्या पर्न थालेको छ । पछिल्ला बर्षहरुमा सहकारी सस्थामा भइरहेका गतिबिधिले लगानिकर्ताहरुलाइ झस्काएको मात्र होइन कतिपय सहकारिमा बचत कर्ताको लगानी फिर्ता नहुने अबस्थामा पुगेको पाइएको छ ।
यस्तै सहकारी सस्था मध्य पोखरा ६ बैदाममा रहेको चेतना बचत तथा ॠण सहकारी सस्था लि पनि थपिन पुगेको छ । यो सहकारीलाई बचतकर्ताको ॠण फिर्ता गर्न समस्या परेको छ । सहकारिले तालबाराही मा बिको छात्रवृत्ति अक्षय कोषको रकमको ब्याज समेत फिर्ता गर्न नसकेपछि यो कुरा उजागर हुन पुगेको हो ।
सस्थागत खाता सहकारिमा राख्न नमिल्ने कानुन रहेको पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख अनिल कार्कीले बताए ।तालबाराही मा बि जस्तो पुरानो सामुदायिक बिध्यालयले बिगत लामो समय देखि चेतना सहकारीमा अक्षयकोषको रकम राख्दै आएको छ । अझै पनि चेतना सहकारीमा तालबाराही मा बिको ३० लाख २३ हजार रुपैयाँ रहेको बिध्यालयका प्रधानाध्यापक तारा प्रसाद पोखरेलले सराङ्कोटलाइ बताए । बिध्यालयले अक्षय कोषको ब्याज बाट छात्रवृत्ति दिदै आएकोमा बेलैमा ब्याज रकम प्राप्त हुन नसक्दा छात्रवृत्ति प्रदान गर्न समस्या परेको प्र अ पोखरेलले बताए ।
बिध्यालयले २०८१ चैत्र १९ गते र २०८२ साउन १४ गते सहकारीलाई पत्र लेखी बिध्यालयको सबै रकम फिर्ता गर्न र खाता बन्द गर्न अनुरोध गर्यो तर पनि रकम फिर्ता नपाएको बिध्यालयका प्र अले बताए । बिध्यालयको जुनियर रेडक्रस सर्कलले खाजा खर्च कटाएर जम्मा पारेको करिब ८० हजार रुपैयाँ पनि त्यही सहकारीमा रहेको र आवश्यक पर्दा झिक्न नपाएको बिध्यार्थिले गुनासो गरेका छन ।
तालबाराही माध्यमिक बिध्यालयका बि ब्यस अध्यक्ष कृष्ण प्रसाद न्येउपाने छन । नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका उनले २ कार्यकाल बिध्यालयको ब्यबस्थापन समिती सम्हालेका छन तर पनि बिध्यालयको असुरक्षित रकम निकाल्न उनले ठोस पहल गर्न सकेका छैनन। त्यति मात्र होइन ताल बाराही माबिका बिब्यस पुर्ब अध्यक्ष पर्शुराम पहारी त्यही चेतना सहकारीका अध्यक्ष रहेका छन । उनलाइ हामिले बिध्यालयको रकम सहकारीमा किन राखेको र फिर्ता किन नदिएको भन्दा उनले स्कुलको रकम आफू आउनु भन्दा धेरै अगाडी आइसकेको बताए । ॠण असुली नभएका कारण बचत फिर्तामा समस्या परेको अध्यक्ष पहारिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्