लमजुङ जिल्ला जन्मघर भइ कर्मथलोको रुपमा पोखरामा स्थायी र अस्थायी रुपमा बसोवास गर्दै आएका लमजुङ्गेहरुको साझा सस्था लमजुङ पोखरा सम्पर्क समिती एबम समिती अन्तरगत सन्चालित लमजुङ पोखरा बचत तथा ॠण सहकारी सस्था पोखरा १२ शिबचोकमा रहेको अन्नपूर्ण महिला तथा बाल अस्पताल बीच उपचार सहयोग र छुट दिने सम्बन् पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
साउन २१ गते अस्पतालका अध्यक्ष सन्तोष पान्डे र सहकारीका अध्यक्ष बिजली बहादुर गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको अध्यक्ष गुरुङले बताए । आगामी भाद्र १ गते देखि सहमति कार्यान्वयनमा आउने बताइएको छ । सहमति अनुसार लमजुङ पोखरा सम्पर्क समिती र समिती अन्तरगत संचालित लमजुङ पोखरा बचत तथा ॠण सहकारी सस्थाका सदस्यहरुलाइ अन्नपूर्ण महिला तथा बाल अस्पतालमा उपचार गर्दा २० प्रतिशत सम्म छुट प्रदान गरिने छ । समितिको सिफारिसमा अस्पतालले छुट सहयोग दिने सम्झौतामा उल्लेख छ । समिति र सहकारिमा ५१२ जना सदस्य आबद्द रहेको अध्यक्ष गुरुङले बताए ।
अस्पतालका प्रमुख सन्तोष पान्डे आफू पनि लमजुङ जिल्लाबासी भएकोले आफ्ना जिल्लाका नागरिकहरूलाई स्वास्थ्य उपचार जस्तो जीवन सङ्ग जोडिएको बिषयमा सहयोग पुर्याउने गरि योजना ल्याएको बताउछन । उनले यो सम्झौता ५ बर्षका लागि कायम रहने प्रमुख पान्डेले बताए । अस्पतालले महिला , बालबालिका लगाएत बिबिध उपचारमा विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्