२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

काङ्ग्रेस नेता सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टिमा

नेपालमा सक्रिय ठुला दलमा पहिरो लड्ने क्रम जारी रहेको छ । एमाले , काङ्ग्रेस , पार्टीको राजनीतिमा जीवन बिताएका  नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टिबाट बिद्रोह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रवेश गर्ने  क्रमलाइ निरन्तरता दिएकाछन  ।यसै क्रममा नेपाली काङ्ग्रेसका नेता तथा महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवे गरेका छन् ।

                साउन २३ गते शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेका हुन । प्रबक्ता मनिष झाले  जानकारीसहित बैठकका अन्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

                 सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा असफल भएको भन्दै आफूले नयाँ विकल्प रोजेको बताए । ’मैले विद्यार्थीकालदेखि कांग्रेसमा रहेर राजनीति गरेँ। व्यवस्थाहरू पनि परिवर्तन भए तर जनताको अवस्था फेरिएन,’ सापकोटाले भने, ’राजनीति गलत ट्र्याकमा गइरहेको र असल नागरिकले न्याय नपाउने अवस्था आएपछि देशका लागि केही गर्नुपर्छ भनेर रास्वपासँग जोडिएको बताउदै परिवर्तन र सुशासन चाहाने आम नेपाली नागरिकलाई रास्वपा एक बिकल्प रहेको बताए । पत्रकारको प्रश्नमा उनले कांग्रेस लगायतका दलहरूले घोषणापत्रमा राम्रा कुरा लेखे पनि कार्यान्वयनमा चुकेको र पार्टी सही बाटोमा हिँड्न नसकेको आरोप लगाए ।

 जनताको हस्ताक्षर ३२ लाखभन्दा बढी 

पत्रकार सम्मेलनमा प्रवक्ता झाले रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानबारे जानकारी दिए। उनका अनुसार, हालसम्म देशभरबाट ३२ लाख ६ हजार ६ सय ८ वटा हस्ताक्षर सङ्कलन भएको छ। झाले यसलाई सङ्कलन भएको तथ्याङ्क मात्र भएको र अझै करिब ८–१० लाख हस्ताक्षर आउन बाँकी रहेको बताए। रास्वपाले सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन गर्दै आएको छ । अभियानका क्रममा सहयोग रकम पनि सङ्कलन भएको र त्यो सबै पार्टीको बैंक खातामार्फत पारदर्शी रूपमा राखिएको उनले जानकारी दिए ।  पारदर्शि रुपमा सार्बजनिक गर्दै जाने झाले बताए  । युवाहरूलाई सङ्गठित गरी देशैभर रगत आवश्यक पर्दा तत्काल उपलब्ध गराउन सकिने गरी ’फ्रेस ब्लड डोनर्स नेटवर्क’ बनाउने निर्णय भएको छ । पार्टी सङ्गठनलाई वडा तहदेखि केन्द्रसम्म सशक्त बनाउने कार्य योजना अघि सारि काम अगाडी बढाइएको प्रबक्ताले बताएकाछन  ।

प्रतिक्रिया दिनुहोस्