प्रदेशको भाषा ,कला , साहित्य , लोक साहित्य , सस्कार र सस्कृतिको बिकास र प्रबर्द्धनका लागि स्थापना गरिएको गण्डकी प्रज्ञा प्रतिस्ठान नेतृत्व पाउन सकस परेको छ । गत बैशाख २७ गते सार्बजनिक सुचना मार्फत कुलपति , उपकुलपति र प्राज्ञ सभाषद गरि २४ जनाको छनोट गर्नुपर्ने मापदण्ड र कार्यबिधिमा खुलाइएको छ ।
सरकारले कार्यबिधिको हवाला दिदै दर्खास्तको सार्बजनिक सूचना प्रकाशन गरेकोमा ९४ जनाले दर्खास्त दिएका थिए । ती मध्य कुलपति को हुने भन्ने बिषय पेचिलो बनेको छ । सार्बजनिक सूचना माग गरिएपनी सरकारले लगाएको भागबण्डामा गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेको भागमा परेको छ । सत्ता गठबन्धन भित्र एमालेको भागमा परेपछी प्रतिष्पर्धिहरु बीच शक्ति संघर्षको रस्साकस्सी उत्कर्षमा पुगेको छ यद्यपि यो समाचार तयार पार्दा सम्म कुलपति लगायत कसैको पनि नियुक्ति हुन सकेको छैन ।
माओबादी , काङ्ग्रेस , र स्वतन्त्र रुपमा दर्खास्त दिनेहरु सरकारको कोपभाजनमा परि सिधै रिङ आउट भएकाछन । एमालेका करिब आधा दर्जन प्रतिस्पर्धि बीच अन्तर संघर्ष सुरु भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गत वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले अझै पूर्णता प्राप्त गर्न नसक्नुलाइ बिडम्बना मानिएको छ ।
प्रतिष्ठानका अन्य पदाधिकारीमा खासै चासो नदेखिए तापनि कुलपतिको मर्यादा प्रदेश सरकारतर्फको ११ औंँ तह बराबरको तलब भत्ता, ड्राइभरसहितको सवारी र ७५ लिटर पेट्रोल सुविधाले गर्दा कुलपतिको दौड दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । सुबिधाको हिसाबले प्रतिष्ठान आकर्षक मानिएका कारण नियुक्तिको खिचडी पाकेको छैन । उपकुलपति र सदस्य सचिब तलबी नियुक्तिको पद हो । बाकी सभाषदहरु बैठक भत्तामा सिमित रहन्छन ।
सत्ता साझेदार अर्थात् एमाले निकटबाट कुलपतिमा आवेदन दिनेमा सूर्य खड्का बिखर्चीसहित आधा दर्जन अनुहार छन् । ती अनुहारमध्ये बिखर्चीले आफूलाई बलिया दाबेदार भने तापनि उनलाई दोहोरिन नदिने चलखेलमा उनै पार्टी निकटका पदाधिकारी सक्रिय देखिन्छन् । उनका प्रतिष्पर्धिमा कुमार तामाङको नाम अगाडि छ । प्रदेश प्रमुखको कार्यालयको सचिवालयमा उप सचिब पदमा कार्यरत र पृथ्वीनारायण क्याम्पसमा पार्ट टाइम अङ्रेजी शिक्षक समेत रहेका तामाङलाइ एमालेको जन सास्कृतिक महासङले सिफारिस गरेको बुझिएको छ । उनको कृति प्रकाशन न्यून रहेको बुझिएको छ ।
यता एक कार्यकाल कुलपति भइ अनुभव सङ्गालेका सुर्य खड्का बिखर्ची कला र साहित्य लेखनमा अग्र पङ्तिमा गनिन्छन । बिगतमा अघि सारेका योजनाहरु पूरा गर्न आफुले इच्छा राखेर आबेदन दिएको बताउछन । सरकारले बनाएको मापदण्डअनुसार बिखर्ची एमाले भित्रका योग्य पात्र रहेको पार्टी निकट स्रोतले बताएका छन । प्रतिस्पर्धामा रहेका दुबै जना खगराज निकट मानिन्छन । बार्षिक करिब साढे दुई करोडको बजेट खर्च गर्ने प्रतिस्ठानले सिमा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्