२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

राधाकृष्ण मन्दिरमा जन्मास्टमी मेलाको तयारी अन्तिम चरणमा ,

हिन्दु धर्मावलम्बीले मनाउने श्रीकृष्ण जन्मास्टमी पर्बलाइ भब्य रुपमा मनाउन राधाकृष्ण मन्दिर ड्यामसाइट पोखराले भब्य तयारीलाई तिब्रता दिएको छ । राधाकृष्ण मन्दिर संचालक समितिले साउन ३१ गते परेको श्रीकृष्ण जन्मास्टमी पर्बलाइ उल्लासमय ढङ्गबाट मनाउने भएको हो ।
राधाकृष्ण मन्दिर सन्चालक समितिले जनाए अनुसार साउन ३१ गते बिहान ७ बजे देखि रातको १२ बजे सम्म कथा बाचन , प्रबचन , भजनकिर्तनको आयोजना हुने भएको छ । प्रवचन दिग्दर्शक बाचन शिरोमणी पन्डित दिपक सापकोटाको सयोजकत्वमा युवा पन्डित गिरोराज पौडेल र ज्योतिष पन्डित हिरामणी पौडेल कथा बाचन , प्रबचन र पुजा आरधाना गर्ने भएकाछन ।
मेलामा सझ ७ बजे देखि ८ बजे सम्म आरती गरिनुका साथै प्रसाद बितरण कार्यक्रम रहेको राधाकृष्ण मन्दिर संचालक समितिका सचिब रमेश पौडेलले बताए । पुरातात्विक महत्व बोकेको पोखरा १७ ड्यामसाइटमा रहेको राधाकृष्ण मन्दिरको जिणोद्द्वार गर्न आवश्यक रहेको प्राबिधिक प्रतिबेदनमा उल्लेख भएको छ । समितिका अध्यक्ष हेमन्त अधिकारिका अनुसार जिणोद्दारका लागि करिब १ करोड २० लाख खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस्