२०८२ फाल्गुन २६
०६१४४५०००, ९८५६०३३३९१

गण्डकी बोर्डिङका होस्टेलमा बसेका झन्डै ३ सय बिध्यार्थी अचानक बिरामी ,बिरामीको कारण अझै खुलेन ,अबिभावक चिन्तित !

गण्डकी बोर्डिङको होस्टेलमा बसेर अध्यन गर्ने ३ सय बिध्यार्थी बिहिबार राती २ बजेदेखी अचानक बिरामी परेपछि बिध्यार्थी र अभिभावकमा सन्त्रासको बाताबरण सृजना भएको छ । बिहिबार साझको खाना खाएर सुतेका बिध्यार्थिहरु रातको दुई बजेदेखी अचानक बिरामी परेका थिए । अधिकास बिध्यार्थिहरुलाइ फुड प्वाइजन भएको हुन सक्ने गण्डकी बोर्डिङका हेल्थ सेन्टर इन्चार्ज अ हे ब सुर्य ओझाले सराङ्कोटलाइ बताए । फुड प्वाइजन के मा भयो भन्ने पत्ता लाग्न सकेको छैन ओझाले भने ।


राती १२-१ बजेबाटै पेट दुख्ने , टाउको दुख्ने , उल्टि हुने चक्कर लाग्ने भएको बिध्यार्थिहरुले हामिसङ्ग बताए । हेल्थ सेन्टरको बेडमा बिहान १० बजे पुग्दा ८ जना बिरामी उपचाररत देखिएका थिए । उनिहरुले आफुलाइ डाइरिया र भोमिट दुबै भएको गुनासो गरे । हेल्थ सेन्टरको रेकर्ड अनुसार बिहान १० बजे सम्म २७८ जना बिध्यार्थि बिरामी रहेका थिए भने अरु बिरामी उपचारका लागि आउने क्रम जारी थियो ।
गण्डकी बोर्डिङमा ५३० जना आवासीय छात्रछात्रा रहेकाछन । ती मध्य ६० प्रतिशत बिध्यार्थी एकै पटक बिरामी हुन पुग्दा अभिभावकमा सन्त्रास फैलिएको छ । बोर्डिङको होस्टेल प्रशासनको कमजोरीको कारण यो अबस्था आएको एक अभिभावकले नाम नबताउने सर्तमा बताए । होस्टेलमा अचानक बिरामिको सन्त्रास फैलिएपछी पोखरा आसपासका ५८ जना बिध्यार्थिहरलाई अभिभावकले होस्टेलबाट निकालेर बाहिर उपचारमा लगेका छन कतिपय अभिभावक आफ्नो छोराछोरी लिन आउने क्रम जारी रहेको छ । गण्डकी बोर्डिङका सूचना अधिकारी नबिना रेग्मी सङ्ग प्रतिक्रिया लिदा बिरामिको कारण पत्ता लगाउन पहल भइरहेको बताइन तर खाध्यन्न र पानीको प्रयोगशाला परिक्षण बारे कुनै तदारुकता भने देखिएन ।
गण्डकी बोर्डिङले चालू शैक्षिक शत्र देखि सबै शुल्कमा २५ प्रतिशत वृद्धि गरेको छ । शुल्क बढेपनी खाधन्नको गुणस्तरमा सुनिस्चितता नहुनुलाइ बिडम्बनाको रुपमा लिइएको छ । हप्तामा मासुको मेनु थप्ने भन्दा अरु केही सुबिधा थप नभएको , खाजा खानामा सुधार नआएको बिध्यार्थिलाइ हवाला दिदै अभिभावकले बताएकाछन यसले २५ प्रतिशत शुल्क केका लागि बढाइएको भन्ने प्रश्न उब्जाएको छ ।
गण्डकी बोर्डिङ सार्बजनिक गूठी अन्तरगत सन्चालित आबासिय बिध्यालय हो । शिक्षा मन्त्रालयका सहसचिबको अध्यक्षतामा रहने यो बिध्यालयमा कास्किका प्रमुख जिल्ला अधिकारी , शिक्षा बिकास तथा समन्वय इकाइ कास्किका प्रमुख , पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख सदस्य रहन्छन । राज्यका जिम्मेवार ब्यक्तिहरु ब्यबस्थापनमा रहने गन्डकी बोर्डिङले शुल्क बढाउन तिर मात्र ध्यान नदिएर शैक्षिक गुणस्तर र खाध्यको गुणस्तर सुनिस्चित गर्न ध्यान दिन जरुरी देखिन्छ ।
बिहीवार रातिबाट सृजित समस्याको बारेमा बुझ्न खोज्दा प्राचार्य विश्व युधिर पौडेल काठमाडौ रहेको जानकारी पाइयो भने कास्किका प्र जि अ रुद्रादेबी शर्माको मोबाइल उठेन । बिध्यार्थिको स्वास्थमा देखिएको समस्याको कारण तत्काल पहिचान गर्न ल्याब परिक्षण गरि छानबिन गर्न आम अभिभावकले सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस्