हुनत उनी नेकपा एमालेका निकटका शुभचिन्तक हुन । श्रीमती तनहु एमालेको नेतृ हुन । जहाँ पुग्छन विवादित मात्र हुने सह-सचिव हुन् राजेन्द्र देब पाण्डे । तस्करहरुको संरक्षण गर्न माहिर प्रशासक भनेर समेत चिनिन्छन उनि । जुन कार्यालयमा पुगेपनी पूरा समय सायदै बसेका छन । अबैध असुली देखि लाइन किल्यर गर्ने कार्यमा अग्र नम्बरमै पर्ने पाण्डे समय समयमा विवादित बन्दै गर्दा पनि रोज्जा कार्यालयको हाकिम हुन भने छोड्दैनन । सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताको बिदाई पश्चात तनहुँ कि एमाले नेत्री भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री भए पछी रोज्जा जिल्लाको प्रमुख जिल्ला अधिकारि हुन् खुट्टा उचालेर बसेका पाण्डे अन्तत नेपाल ट्रस्ट तिर थन्किएका छन ।
तनहुँ जिल्लाका स्थाई बासिन्दा समेत रहेका पाण्डे तनहुँ जिल्लाकै आफ्नै पार्टिका मान्छे सामान्य प्रशासन मन्त्री बने पछी पाण्डेले खुट्टा उचाल्नु अस्वाभाविक थिएन । तर यो पटक भने थचारिएकाछन । आफ्नै धर्मपत्नी नेकपा एमाले तनहुँ जिल्लाको नेता हुनु र मन्त्री समेत तनहुँको हुँदा आस गरेका पाण्डेलाई यस पटक भने जिल्लाराम पारिएकाछन ।
हुल्लडबाज कर्मचारीको रुपमा स्थापित राजेन्द्रदेव पाण्डे मकवानपुरको प्रमुख जिल्ला अधिकारि हुँदा आफ्नै सरकारी क्वाटरलाई जुवाको अड्डा बनाउने देखि सामान्य भट्टीनै हो कि भन्ने अनुभूत गराउने सिडिओको रुपमा परिचित थिए । अपराध नियन्त्रण गर्नुपर्ने पात्र आफै फसेपछी मकवानपुरलै बेइज्जत भएको अहिले पनि चर्चा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफ्नै गृहजिल्ला तनहुँका पाण्डेलाई आफ्नै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाउन जोडबल गरेकी थिइन् तर त्यसबारे बिभिन्न संचार माध्याममा समाचार प्रकाशन भएसँगै उनलाई नेपाल ट्रस्टमा लगिएको छ । ती तिनै सहसचिव हुन,जो गण्डकी प्रदेशको अर्थ सचिव हुँदा आफ्नो वडामा ८ करोड र पालिकामा २० करोड बजेट छुट्टाए पछि विवादमा तानिएर जगेडामा परेका थिए ,अहिले मुख्यमन्त्री कार्यालयबाट नेपाल ट्रष्टमा लगिएका पात्र हुन ।
यस अघि धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा तिव्वती नागरिकलाई नागरिकता दिने योजना होस वा झ्याप्ले खोलामा ३५ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा उनकै लापरवाही प्रमुख कारण देखेर गृह मन्त्रालयमा तानिएको थियो । यस अघि सिराहाको सिडिओ हुँदा तस्करी नियन्त्रण गर्न च्जोडेर मिलेमतो गरेको पाइएपछि पाण्डेलाई गृह मन्त्रालय तानिएको थियो पछि गृहमा मिलाएर उनी गृह सचिव गोकर्णमणि दुवाडीको गृह जिल्ला धादिङ्गको नेतृत्व गर्न पुगेका थिए । पाण्डे जुन कार्यालयका हाकिम हुन्छन त्यो कार्यालय सधै विवादित बन्ने गरेको पाइन्छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारि भएर आउँदा आफुलाई पिर्के सलामी चाहिन्छ भनेर समेत विवादित बनेका थिए । हाल नेपाल ट्रस्टको कार्यालयमा तानिएका पान्डेले त्यहाँ पनि के के उधुम मच्चाउने हुन यसै भन्न सकिन्न । उनको स्वभाव मनमौजी रहेको छ । जसरी हुन्छ आफ्नै डम्फु बजाउने आफ्नै भुँडी भर्ने बानिले अझै कति बिबाद निम्त्याउने हो यसै भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्