२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखरा ८ मा रास्वपा गठन , ३ सय बढी रास्वपा प्रबेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले आफ्नो सङ्गठन बिकासलाइ देशब्यापी रुपमा तिब्रता दिएको छ । यसै क्रममा पोखरा महानगरपालिका वडा नम्बर ८ को नागढुङ्गामा एक बृहद भेला गरि वडा कमिटी गठन गरेको छ । वडा भेलाले कृष्ण मान ठुसाजुको सभापतित्वमा वडा कमिटी गठन गरेको छ । वडा कमिटिको उपसभापतिमा दीपक गिरि र सचिबमा मोति श्रेस्ठ निर्बाचित भएका छन । यस्तै सदस्यहरूमा लालकुमार श्रेस्ठ , नवराज बिजुक्छे , योगेन्द्र कुवर र भगवती श्रेष्ठ निर्बाचित भएका छन ।
निर्बाचित अध्यक्ष ठुसाजु ८ नम्बर वडाका निबर्तमान वडा सदस्य हुन । काङ्ग्रेसका पुराना कार्यकर्ता ठुसाजु लगायत काङ्ग्रेस र एमालेका कार्यकर्ता र सुभेच्छुकहरु रास्वपामा प्रबेश गरेका छन । रास्वपाका केन्द्रीय सदस्य तथा पुर्ब शिक्षामन्त्री सुमना श्रेस्ठ र मानिनिय शिव नेपालिले नव-प्रवेसीहरुलाइ टीका लगाएर स्वागत गरेकिथिइन ।
रवि लामिछानेलाइ सरकारले प्रतिशोध पुर्ण व्यबहार गरि विभिन्न जिल्ला जिल्ला घुमाइ मुद्दा चलाइ हाल उच्च अदालत बुटवल इजलासको आदेशले पुरपक्षमा रुपन्देही हुँदै नख्खु कारागार थुनामा राखिएपछी देशभरबाट रविको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चल्नुको साथै सङ्गठन बिस्तार कार्यले तिब्रता पाएको रास्वपा कास्किका सभापति यदु अधिकारिले बताए ।

प्रतिक्रिया दिनुहोस्