पुरानो एअरपोर्टको पश्चिम तर्फको बाटो किनारको हरियाली मार्गको छुट्टै पहिचान रहेको छ । पर्यटन नगरी पोखराको केन्द्र लेकसाइड ,ड्याम साइट जाने बाटो भएकोले त्यसको बिशेष महत्व रहेको छ ।
नयाँ एअरपोर्ट बनेपछी पुरानो एअरपोर्ट शुनशान छ । एअरपोर्ट हटे सङ्गै सडकको हरियाली पनि हटाएर कङ्कृट युक्त बनाउन थालिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरण पोखरा , स्थानीय सरकार पोखरा महा नगरपालिका , वडा नम्बर ७ कार्यालय तीन वटै निकायले मिलेर हरियाली सुन्दरतालाइ हटाएर भौतिक सरचना निर्माण र कङ्कृट ढलान गर्न थालिएको पाइएको छ । सरकारी निकायले पैसाको लागि हरियाली मास्दै गएकाछन नागरिकको बाच्नका लागि चाहिने स्वच्छ र स्वस्थ्य बाताबरणलाई ब्यापारी सङ्ग बेचेर सुन्दर हरियाली बनाउनुपने पोखरालाइ भएको हरियाली मासेर कुरुप र कङ्कृट बगैचा बनाउदै गएको पाइन्छ ।
एअरपोर्टको पश्चिम सडकमा रहेको केसी टावर अगाडिको हरियाली मासेर कङ्कृट ढलान गरिएको छ । त्यो कङ्कृट ढलान कसले के उद्देश्यले बनाइयो भन्ने बिषय खुल्न सकेको छैन । वडा नम्बर ७ का इन्जिनियर चिरञ्जीवी भट्टराईलाई समेत थाहा छैन हरियाली मासेर कसले ढ्लान गर्यो भन्ने बारेमा । उनले भने उजुरी नै न आइ कसरी थाहा हुन्छ ? तर त्यो सडक सात नम्बर वडाको मुख्य सडक हो । जनप्रतिनिधि र प्राबिधिक र कर्मचारीले दैनिक प्रयोग गर्ने बाटोमा त्यत्रो निर्माण हुदा पनि उजुरी कुरेर बस्नेबाट के अपेक्षा गर्ने ?
केसी टावर अगाडि नै बनेको भएर केसी ग्रुपले नै पार्किङ बनाएको हुन सक्ने प्रतक्षदर्शिले सूचना दिएका थिए । हामिले केसी ग्रुपका म्यानेजिङ डाइरेक्टर किरण केसीसङ्ग प्रतिक्रिया लिदा उनले निर्माण आफ्नो कम्पनीले नगरेको बताए । पछाडी आफ्नै पार्किङ छ , हरियाली क्षेत्रमा ढलान गर्ने कल्पना पनि गर्न सक्दिन केसिले प्रतिक्रिया दिए । उनको प्रतिक्रिया पछि हामिले सोधपुछ गर्दा इभि चार्जिङ सहितको सोरुमले ढलान गरेको खुल्न आयो तर वडा अध्यक्ष राममोहन भन्छन “फिल्ड हेरेर बुझेर प्रतिक्रिया दिन्छु ।”
नागरिक उड्डयन प्राधिकरणले हरियालिको लागि छुट्याइएको जग्गा भाडामा लगाएर बाताबरण बिगार्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न । पोखराको सुन्दरता पोखरेलिको स्वास्थ्य भन्दा ठूलो व्यापार , भाडा र पैसालाई लिन नसकिने बाताबरण बिदहरु भन्छन । पोखराको गौरबको यो सडकको हरियाली र सुन्दरता बचाउन महानगर कति जवाफदेही छ ? बेलैमा नियमन नगर्ने हो भने अबका केही बर्ष भित्र हर्क चोक सम्मको हरियाली कङ्कृट मरुभुमिमा परिणत नहोला भन्न सकिन्न । नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख जगन्नाथ निरौला भन्छन ” बाकी सबै भाडामा दिन्छौ” प्राधिकरण पोखरा बनाउन आको कि बिगार्न ? सोच्न बाध्य बनाएको छ । अधिकार सम्पन्न स्थानिय सरकार के गर्छ “त्यो भने आगामी दिनमा हुने कार्यशैलीले प्रस्ट पार्नेनै छ हामी निरन्तर खबरदारीमा छौ ।

प्रतिक्रिया दिनुहोस्