२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

१६ नम्बर वडा कार्यालयबाट ७१५जनालाइ राष्ट्रिय परिचयपत्र बितरण ।

जिल्ला प्रशासन कार्यालय कास्किले पोखराको सबैभन्दा धेरै मतदाता भएको पोखरा महानगरको १६ नम्बर वडा कार्यालय बाटुलेचौरमा राष्ट्रिय परिचय पत्र बितरण गरेको छ । २०८१ कार्तिक सम्म फोटो खिचाएर जिल्ला प्रशासन कार्यालयमा आएको झन्डै ४ हजार परिचय मध्य ७१५ वटा परिचयपत्र बितरण गरिएको थियो ।
बायोमेट्रीक प्रणालि अनुसार बितरण गर्नुपर्ने भएकोले समय लागेको वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले बताए । वडामै बितरण गरिदा जेष्ठ नागरिक र अशक्त सेवाग्राहीले सहज सुबिधा पाएको महशुस गरेका छन । सेवाग्राहीको थामिनसक्ने भिडका कारण परिचयपत्र बितरणमा असहज अबस्था आएको थियो । वडाका जनप्रतिनिधि र कर्मचारीहरुले सक्रियता पुर्बक सहजीकरण गरेका थिए भने जिल्ला प्रशासन कार्यालयबाट १० जना कर्मचारी खटेका थिए ।
कास्किका प्रजिअ रुद्रादेवी शर्माले परिचयपत्र बितरण स्थलमा गै सेवा प्रबाहको अनुगमन गरेकिथिइन । ७५ प्रतिशत कार्ड बितरण गर्न बाकी रहेको बारे सोधिएको प्रश्नमा प्र जि अ शर्माले सार्बजनिक बिदाको दिन पारेर ब्यबस्थापन मिलाउन प्रयास गर्ने बताइन । कास्की जिल्ला भित्रका सबै पालिका र वडाहरुमा समय मिलाइने बताइन ।

प्रतिक्रिया दिनुहोस्