लेखनाथ उध्योग बाणिज्य संघको अधिवेशन भदौ २० र २१ गते हुँदै छ । अधिवेशनमा केन्द्रित भएर राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी प्यानलसहित मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी ओझा लेखनाथ उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् भने अधिकारी महासचिव बीच अधिबेशनमा तिब्र प्रतिस्पर्धा हुँदै छ । जानुका महिला अध्यक्ष बनेर ईतिहास रच्ने योजनामा छिन भने राजेन्द्र क्रमश नेतृत्व लिने योजनामा छन ।
दुबै नेतृत्वका समूहले मतदाताको घरदैलोमा पुगेर मत माग्ने र भेटघाटलाई तीव्रता दिएका छन् । चुनावलाई नै केन्द्रित गरेर जानुका अधिकारी पराजुलीको समूहले गएको बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतिवद्धता पत्र सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा अधिकारी समूहका टिम पनि सार्वजनिक गरिएको छ । ओझा समूहले अघिल्लो हप्तै उम्मेदवारहरुको सूची सार्वजनिक गरेको थियो । संघको इतिहासमा अध्यक्ष पदका लागि पहिलो पटक महिलाले उम्मेदवार दिने अवसर पाएको जनाउँदै अधिकारीले आफ्नो टिमलाई जित दिलाउन आग्रह गरिन् ।
अध्यक्षको उम्मेदवार जानुकाले “इमान्दारी पारदर्शिता र लगनशीलता, व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यक्ता” भन्ने नारासहित २४ बुँदे प्रतिवद्धता उनले सार्वजनिक गरेकी छन् । सोही प्रतिवद्धता लिएर मतदाताको घरदैलोमा मत मागिरहेको र मतदाताले आफ्नो टिमलाइ जिताउने उनले सुनाइन् ।
जानुकाले आफू रहरले चुनावी मैदानमा नआई संघमा देखिएका कमि कमजोरीलाई सच्च्याउन र अग्रजको सम्मानका लागि आएको दाबी गरिन । लेखनाथ उध्योग बाणिज्य संघको मेला महोत्सवलाई उनले स्थानीयको सुझावका आधारमा लेखनाथ महोत्सवलाई परिमार्जित गरिने जनाइन
अधिकारीको टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा धुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी रहेकाछन् ।
खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दीप बुढाथोकीलाई अघि सारिने भएको छ । एसोसियट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार छन् ।
यस्तै उनको प्रतिस्पर्धिमा वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष पदका लागि उमेदवारी दिएका राजेन्द्र ओझाको टिममा उपेन्द्रराज सुवेदी (राजु) वरिष्ठ उपाध्यक्ष, मेनुका श्रेष्ठ प्रथम उपाध्यक्ष, धीरज श्रेष्ठ द्वितीय उपाध्यक्ष, महासचिव जीवन तिवारी, उपमहासचिवमा लक्ष्मी ढुंगाना र कोषाध्यक्षमा टीकाराम सापकोटा छन् ।यो समूहको सदस्यमा कृष्णप्रसाद सुवेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ र भीमप्रसाद सुवेदी (सन्तोष) छन् । महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुवेदी तिवारी, एसोसियट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यमा वीरभद्र कँडेल छन् । कँडेललाई दुवै समूहले राखेका छन् ।
टेबलमा लेखनाथ उध्योग बाणिज्य संघको चुनाब भाद्र २० र २१ गते हुनेछ । दुबै पक्ष रस्साकस्सिमा लागेका छन । तिब्र प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्