२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

लेउबा संघको चुनाबमा जानुका प्यानलको बर्चस्व , दुइतिर च्याखे थाप्ने यता न उत्ता !

दक्षिण पुर्बी पोखरा अर्थात लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संस्था लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व गर्ने इतिहास रचेक छ। लेखनाथ उद्योग बाणिज्य संघमा एक दशक बढी समय ब्यतित गरेकी जानुका पराजुली अधिकारीले समकालीन अग्रजहरुलाई पाखा लगाउंदै संघको नेतृत्व गर्ने अवसर पाएकी हुन । लेखनाथको इतिहासमा यो पहिलो अबसर हो ।

जानुका र उनको प्यानलले संघको निर्बाचनमा कार्यसमितिको पदाधिकारी तर्फमात्र नभएर कार्यसमितिको सबै सदस्यहरुमा पनि ‘क्लिन स्विप’ गर्न सफल भएको छ ।


जानुका पराजुलीले आफ्ना प्रतिद्वन्दी राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित भएकी हुन्। यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन भने राजेन्द्र संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। जानुका आंफुले मात्र नभएर उनको प्यानलमा रहेका सबैजसो उमेदवारहरुले समेत आश्चर्यजनक ढंगले विजय प्राप्त गरेका छन अर्थात ओझा प्यानल क्लिन स्विप भएको छ । संघको नयाँ कार्यसमितिको लागि भएको निर्बाचनमा अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र उनका प्रतिद्वन्दी राजेन्द्र ओझाले ८ सय ३३ मत मात्र प्राप्त गरेका थिए।

अधिबेशनबाट नयाँ कार्यसमितिमा निर्बाचित हुन एक महिना अगाडीबाट नै जानुका र राजेन्द्रले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका थिए । उनीहरुको चुनाबी अभियानलाइ नियाल्नेहरुले निर्बाचनबाट कार्यसमितिमा मिश्रित परिणाम आउने अपेक्षा गरेको भन्नेहरु प्रशस्त थिए। तर,सबैको अनुमान बिपरित जानुकाको प्यानलका सबै उमेद्वारहरु राम्रो मतान्तर सहित कार्यसमितिको बिभिन्न पदमा निर्बाचित हुने अवसर प्राप्त गरेका छन।

संघको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्दी उपेन्द्रराज सुबेदी राजुले ८ सय ५३ मतमा चित्त बुझाउनुपर्यो। सुबेदी १ सय १३ मतले पराजित हुन् पुगेका छन। सुबेदी नेपाली काँग्रेस निकट भएकोले उनलाई कांग्रेस निकटको मत पनि जाने र उनले जित्न सक्ने अनुमान धेरैले गरेका थिए। बाँस्तोला माओबादी भएको कारण कांग्रेस निकट ब्यबसायीको मत पाउने आशामा सुबेदी रहेपनि मतदाताले प्यानलमा नै बढी मत दिएको कारण एमाले र कांग्रेसको मत पाएर जित्ने सुबेदीको आशा निराशामा परिणत हुनपुगेको छ दुइवटा डुङ्गामा गोडा राखेका सुवेदी डुबानमा परेका छन ।

यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले लोकप्रिय मत १ हजार १ सय ५० मत पाएर बिजयी बने उनकी प्रतिद्वन्दी मेनुका श्रेष्ठले झिनो मत ६ सय ७४ मत मात्र प्राप्त गरिन। अघिल्लो निर्बाचनमा उनै श्रेष्ठलाई मात्र ६ मतले पराजित गरेर द्वितीय उपाध्यक्ष निर्बाचित भएका कर्माचार्य यस पटक पनि उनैसंग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यतामा परेका थिए । तर यसपटक भने ४ सय ७६ मतको फराकिलो अन्तरले कर्माचार्य प्रथम उपाध्यक्ष बिजयी भएका छन। यसले श्रेष्ठलाई अस्वीकार गरेको छ । एउटै प्रतिस्पर्धी सङ्ग पटकपटक पराजित हुनु उनको लागि चुनौती हो बनेको छ ।

संघको द्वितीय उपाध्यक्षमा जानुका प्यानलका ध्रुबबाबु भट्टराई आइडीले अन्य उमेदवारको भन्दा बढी अर्थात ६ सय १५ मतको फराकिलो अन्तरमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गरेका छन। जानुका प्यानलका ध्रुबले १ हजार २ सय १८ मत पाउँदा उनका प्रतिद्वन्दी धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र प्राप्त गरेका थिए।

संघको महासचिब पदमा भने अन्य पदाधिकारीको तुलनामा बढी प्रतिष्पर्धा रहेको मतगणनाको परिणामले देखाएको छ। जानुका प्यानलका महासचिबका उमेदवार भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा उनका प्रतिद्वन्दी जिबन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए। उनीहरुको बिचमा ७९ मतको मात्र अन्तर परेको थियो।

संघको उपमहसचिब पदमा जानुका प्यानलकी गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्बाचित भईन। उनका प्रतिद्वन्दी लक्ष्मी प्रसाद ढुंगानाले ७ सय ६६ मत मात्र प्राप्त गरेका थिए। जस अनुसार मल्लले ३ सय मतले ढुंगानालाइ पराजित गरेकी हुन्। मल्ल यस अगाडी पनि संघको कार्यसमितिमा लोकप्रिय मतका साथ् कार्यसमितिको सदस्यमा निर्बाचित भएर काम गरेकी थिईन।

संघको कोषाध्यक्षमा जानुका प्यानलका हरी बस्ताकोटी विजयो बनेका छन। उनले १ हजार २७ मत पाउँदा प्रतिद्वन्दी टिकाराम सापकोटाले बस्ताकोटीको भन्दा २ सय ४९ मत कम अर्थात ७ सय ७८ मत मात्र प्राप्त गरेका थिए। संघको अधिबेशनको उद्घाटन शुक्रबार भएपनि शनिबार मतदान सम्पन्न भएको थियो। आइतबार बिहान ८ बजेबाट मतगणना शुरु भएपनि राति करिब दुई बजे कार्य समितिका सदस्यहरुको मतगणना सम्पन्न भएको हो।

यस्तै लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उमेदवार दयाराज भण्डारी बिजयी भएका छन उनले २७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जराले २१ मत मात्र प्राप्त गरेका थिए।

एसोसिएट तर्फ ५० जना मतदाता रहेकोमा ४८ जनाले मतदान गरेको बुझिएको छ। कार्यसमितिको संस्थागत सदस्यमा बिरभद्र कंडेल निर्बिरोध निर्बाचित भैसकेका थिए ।

लेखनाथ उधोग बाणिज्य संघको आगामी कार्यकालको लागी निर्बाचित कार्यसमितिको खुला सदस्यहरुमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन। कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्बाचित हुने ब्यबस्था अनुरुप जानुका प्यानलबाट उमेदवारहरु मध्ये सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्बाचित भएका छन।

अन्य सदस्यहरुमा दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्बाचित भए भने कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र  प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बनेका छन। यसैगरी कार्यसमितिको दुईजना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भएका छन ।
कास्कि जिल्ला अझ भनौ पोखरा महानगरपालिका भित्र उध्योगी व्यावसायिहरुको दुई वटा सस्था रहेको छ । पोखराको केन्द्रमा रहेको पुरानो सस्था पोखरा उध्योग बाणिज्य संघ भन्दा लोकप्रियता कमाएको लेखनाथ उध्योग बाणिज्य संघको चुनाबलाइ चासोका साथ हेरिएको थियो ।
व्यावसायिक सस्थाको चुनाब भएपनी राजनीतिक दलको छायाले गाजेको थियो तर मतदाता व्यावसायिले दुइतिरै च्याखे थापेर चुनाब लड्ने उपेन्द्र सुवेदी र जीवन तिवारी लगायतलाई पाखा लगाइदिएका छन । नेतृत्वमा उठेका राजेन्द्र ओझा नेकपा एमाले र जानुका पराजुली नेपाली काङ्ग्रेस निकट मानिन्छन उनिहरुको उम्मेदवारी पनि सोही मुताविक दुई खेमामा बिभक्त भएर परेको थियो । काङ्ग्रेस र एमाले दुबै तिरको मत पाउने आशामा ओझा प्यानल बाट उठेका उम्मेदवारहरुलाइ मतदाताले सवक सिकाएका छन । रेडक्रस जस्तो पवित्र सस्थामा समेत राजनीति हुने देशमा ब्यापारीहरुमा नहुने कल्पना गर्न पनि सकिन्न । चुनाबको संघारमा निबर्तमान अध्यक्ष बिनोद श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष जानुका पराजुली बीच चुनाबको मिति तोक्ने लगायतका बिषयमा बिबाद सृजना भएको थियो । बिबादका क्रममा माइन्युट खोस्ने देखि दुर्बचन अभद्र  र्ब्यबहार भएको बिषय प्रहरी र अदालत सम्म पुगेको थियो पछि पुर्ब अध्यक्ष र सल्लाहकारको छलफलबाट सहमतिमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्