२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखरामा जलाइएका प्रहरी कार्यालय स्थानियले बनाउदै , बगर प्रहरी कार्यालय सामुदायिकले मर्मत सुरु गर्यो

कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरू मर्मत तथा पुनर्निर्माणमा स्थानीय समुदाय र व्यापारीहरू जुटेका छन् । पहिलो चरणमा सरसफाइ कार्य अगाडि बढाइएको छ ।

वडा प्रहरी कार्यालय बगरमा भएको आगजनीले ब्यारेक , सन्चार कक्ष , कार्यालय कक्ष , थुनुवा कक्ष सबि जिर्ण बनेको छ । सामुदायिक सेवा केन्द्र बगरले नेतृत्व लिएर पुनिर्माण कार्यलाई तिब्रता दिएको छ । केन्द्रले सामुदायिक सेवा केन्द्र बगरका पुर्ब अध्यक्ष पुरुसोत्तम श्रेस्ठलाई सयोजनको जिम्मेवारी दिइएको छ । श्रेस्ठले व्यापारी , सहयोगदाताहरुको सहयोग जुटाएर पुननिर्माणको काम थालिसकेका छन । पोखरा हेम्जा , बगर , लामाचौर , बाटुलेचौर दीप लगायतका ब्यापारी , सहयोग दाताहरुबाट प्राप्त सहयोग बाट कार्य सुरु गरेका छन । बिजुली जडान र वाइरिङ्को काम इलेक्ट्रीक क्लब पोखराले सुरु गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार व्यापारी तथा स्थानीय समुदायले पोखराका सम्पूर्ण प्रहरी भवन आफूहरूले बनाइदिने भन्दै निर्माण सुरु गरेका हुन् । पोखरेलिले कास्की प्रहरिको जिर्ण भवनको सरचना , कार्यालय मर्मत निर्माण सुरु गरेका छन

उनीहरूले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंग रोगन तथा भौतिक निर्माणसम्मको कामको जिम्मा लिएर उनीहरूले काम सुरु गरेका हुन् ।

२३ र२४ भदौमा जेन जेडले गरेको प्रदर्शनका क्रममा पोखराका अधिकांश प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण अहिले प्रहरीले नियमित काम समेत गर्न समेत सनस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्