२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

विन्ध्यबासिनी क्याम्पसका बिध्यार्थिलाइ जापानमा निशुल्क इन्टर्न गर्ने अवसर , हरेक बर्ष ६/६ जना जापान जान पाउने

बि बि एसमा त्रिभुवन बिश्वबिद्धालय टप्न सफल भएको पोखरा १६ बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी क्याम्पसका बिध्यार्थिहरुले जापनमा निशुल्क इन्टर्न गर्न पाउने भएकाछन । जापानको योको फुजिकावा सहरमा मुख्यालय रहेको अनावुकी इन्टरप्राइजेज कम्पनी लिमिटेडले बिन्ध्यबासिनी क्याम्पस पोखरामा बि बि एस अध्ययनरत बिध्यार्थिलाइ ६ महिनाको लागि निशुल्क इन्टर्नसीप गराउने भएको हो ।


अनावुकी इन्टरप्राइजेज कम्पनी लिमिटेड योको फुजिकावा जापानका प्रमुख काजुमा मिकोरा सहितको टिमले बिन्ध्यबासिनी क्याम्पस प्रशासन र ब्यबस्थापन सङ्ग एक दिवसीय औपचारिक कार्यशाला गोष्ठी आयोजना गरि ६ महिने इन्टर्नसिपको बारेमा सरोकारवालाहरुसङ्ग अन्तरकृया कार्यक्रम गरि दुबै पक्ष बीच योजना र धारणा सार्बजनिक गर्दै सरोकारवालासङ्ग राय सुझाव सङ्कलन गरेको थियो । कार्यशालामा उठेका जिज्ञासाको जवाफ क्याम्पसका प्रशासन र जापानको कम्पनी प्रमुखले दिएका थिए ।
जापानको अनावुकी इन्टरप्राइजेजले हरेक बर्ष ६ जना बिध्यार्थी लाई निशुल्क इन्टर्नसीपको लागि आफ्नो बिजनेस कम्पनिमा लगेर ब्यापारिक र मार्केटिङ्को प्रयोगात्मक अभ्यास गराउने प्रबन्ध मिलाउने इन्टरप्राइजेजका प्रमुख काजुमा मिकोराले बताएका थिए । बिध्यार्थिहरुले अन्तर्राष्ट्रिय व्यापार र बजारिकरणको काम सिक्नुको साथै आय आर्जन पनि गर्ने बताइएको छ ।
बिध्यार्थिहरुको लागि यो अवसर बिन्ध्यबासिनी क्याम्पसका भु पु बिध्यार्थी मदन बस्यालले मिलाएका हुन । बस्याल बाटुलेचौरका बासिन्दा हुन उनी हाल अनावुकी इन्टरप्राइजेज जापानमा कार्यरत छन । बस्यालले आफुले काम गर्ने कम्पनी सन्चालक सहितको टिमलाइ क्याम्पस भिजिट गराइ बिध्यार्थिहरुलाइ जापानमा इन्टर्नसीपको प्रबन्ध मिलाएका हुन । कार्यशालामा बस्यालले दोभाषेको भुमिका समेत निभाएका थिए ।
कार्यशालाको आयोजना सम्पन्न भएपछी क्याम्पस प्रशासनले इन्टरसीपको लागि तयारी सुरु गर्ने जनाएको छ । भाषाको ज्ञान देखि डकुमेन्टेसनका कामहरुको प्रक्रियामा केन्द्रित हुनुपर्ने हुदा समय लाग्ने क्याम्पस प्रमुख सुमनकेसब पराजुलिले बताएकाछन । हाम्रो क्याम्पसका बिध्यार्थिका लागि यो सुनौलो अबसर भएकोले यसलाइ सफल बनाएरै छोड्ने प्रमुख पराजुलीले बताए ।
क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर बानियाँको अध्यक्षतामा भएको एक दिने कार्यशालामा क्याम्पसका एकेडेमीक डीन बिजय शर्मा , क्याम्पस प्रमुख सुमन केशव पराजुली , सिनेटर नरनाथ भट्टराई , लगायतले कार्यक्रममा सकृय सहभागीता जनाएका थिए । कार्यक्रमको सन्चालन क्याम्पसका लेखापाल भिम गायकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्