२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

बिश्व मुटु दिवसको सन्दर्भ , अन्नपुर्णमा मुटु सिविर , ३८४ जना प्रत्यक्ष लाभान्वित

विश्व मुटु दिवसको उपलक्ष्यमा अन्नपूर्ण आधारभूत अस्पताल ढिकुरपोखरिमा एक दिवसीय मुटुरोग सिविर आयोजना गरिएको छ । अन्नपूर्ण गाउँ पालिकाको आर्थिक सहयोग र हेल्दी हार्ट नेपालको आयोजनामा संचालित सिविरमा ३८४ जनाले मुटुको स्वास्थ्य परिक्षण गराइ उपचार सेवा लिएका थिए ।
सिविरमा मनमोहन मेमोरियल कार्डिओथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुर्य देवकोटाको नेतृत्वमा आएको डाक्टर प्रेणा पराजुली ,डाक्टर आशिष पौडेल , डाक्टर सोडारी सहितको चिकित्सक टोलिले परिक्षण तथा उपचार गराएको थियो । सिविरमा टाइगर ग्रुप अफ काठमाडौ , जयन्ती मेमोरियल ट्रस्ट ,होटल पिस प्लाजा लेकसाइड , र ग्रीन सिटि हस्पिटल काठमाडौले सहकार्य गरेका थिए ।
कास्किको लुम्लेमा जन्मिएका डाक्टर सुर्य देवकोटा हाल बरिस्ट मुटु रोग विशेषज्ञ पदमा काठमाडौलाई कर्म क्षेत्र बनाएपनी आफ्नो जन्मभूमि कास्किलाइ केन्द्रमा राखेर मुटु रोगबाट कसरी जोगिन सकिन्छ भन्ने जनचेतना दिनुको साथै उपचार सेवा प्रदान गर्दै आएका छन । शनिबार अन्नपूर्ण गाउँपालिकाको आधारभूत अस्पतालमा पालिका भित्रका झन्डै ४ सय जनाले प्रत्यक्ष लाभ लिएका छन । ती मध्य ४ जनालाइ मुटु सम्बन्धी थप उपचार गर्नुपर्ने जटिल समस्या देखिएको भन्दै बिशिस्टकृत अस्पतालमा तत्काल रिफर गरेका थिए ।
आफ्ना जिल्लाबासी नागरिकहरु स्वस्थ्य रहन डाक्टर देवकोटाले गरेको प्रयासलाई अन्नपूर्ण गाउँपालिकाले खुलेर आर्थिक सहयोग जुटाइदिएको छ । पालिका अध्यक्ष बिष्णु बहादुर केसि र उपाध्यक्ष चन्द्रकला अधिकारी दिनभर नै सिविरमा खटेर धेरै भन्दा धेरै आफ्ना नागरिकको स्वास्थ्य जाचका लागि सहजकर्ताको भुमिकामा केन्द्रित देखिएका थिए । पालिकाको अस्पतालमा रहेको प्रयोगशाला देखि इसिजी र इको सेवा समेत सिविरमा प्रदान गरिएको थियो । २ नम्बर वडाका अध्यक्ष पिताम्बर भन्डारी बिरामी खोजी गर्दैमा ब्यस्त देखिन्थे भने ७ नम्बरका वडा अध्यक्ष एबम पालिकाका प्रबक्ता भरतमान गुरुङले पनि बिदाको दिन सिविरमै बिताएका थिए । रेडक्रस कर्मी रमेश भन्डारी , स्थानिय समाजका अगुवा बाबुराम भन्डारी सिविरको ब्यबस्थापनमा तल्लिन रहेर गाउमा आएको विशेषज्ञ मुटुरोग जाँच सेवालाई उपलब्धिमुलक बनाउन लागि परेका देखिन्थे ।
गाउँका सबै जुटेपछि नागरिकले कसरी सेवा लिन सफल हुन्छन भन्ने कुराको नमुना नै बनेको स्थानिय युवा पत्रकार एबम प्रेस चौतारी नेपालका गन्डकी अध्यक्ष इन्द्र पौडेल बताउँछन् ।
पोखराका अग्रज पर्यटन व्यावसायि समेत रहेका हेल्दी हार्ट नेपालका उपाध्यक्ष भरतराज पहारीले मुटु दिवसको उपलक्ष्यमा मात्र नभै जुनसुकै बेला पनि आफ्नो सस्थाले नागरिकको स्वास्थ्यमा टेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । पालिकाका अध्यक्ष बिष्णु बहादुर क्षेत्रीले स्वस्थ्य नागरिक राज्यको उर्जा र सम्पती भएको मनन गर्दै जनस्वास्थ्य सङ्ग संबंधित विशेषज्ञ सेवामा सदैब हातेमालो गर्ने जनाएका थिए । सिविर उद्घाटन कार्यक्रम हेल्दी हार्ट नेपालका अध्यक्ष डाक्टर सुर्य देवकोटाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सन्चालन डाक्टर प्रेणा पराजुलीले गरेकिथिइन ।

प्रतिक्रिया दिनुहोस्