पोखराको जिरो किमिमा रहेको श्री गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरिमामय १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कास्की बचत संघका अध्यक्ष शेरबहादुर कार्किले प्रमुख आतिथ्यतामा उद्घाटन मन्तब्य दिदै सहकारीले आफ्नो नीति र सिद्धान्तलाई पालना गदै अगाडी बढेमा कहिल्यै समस्या झेल्न नपर्ने बताएका थिए ।श्री गोरक्ष निखिल सहकारी संस्थाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता साधारण सभा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा असल ऋणिमा टोपबहादुर थापा , उत्कृष्ट स्वैच्छिक बचत कर्ता डोलाराज पोखरेल, फुलमाया तामाङ , उत्कृष्ट बचत कारोबारकर्ता नमराज पाण्डे , अग्रज सदस्य कृष्णप्रसाद ढकाल , सानुमाया ढकाल , कृष्ण प्रसाद पाण्डे लाई प्रमुख अतिथी शेर बहादुर कार्की र सस्थाका अध्यक्ष तारानाथ दहालले सम्मान गरेका थिए । यस्तै उत्कृष्ट कर्मचारीमा सुधा सिग्देल पुरस्कृत भएकि थिइन । उक्त कार्यक्रममा यदुनाथ ढकाल डोलराज पोखरेल नारायणप्रसाद शर्मा कृष्णप्रसाद पाण्डे , रमा ढकाल र प्रमुख अतिथि शेर बहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए । भने उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष जुम बहादुर गुरुङले , सहकारीका सात सिद्धान्त शिक्षा उप समिती सयोजक गिता सुवेदी र साधारणसभा कार्यक्रमको ब्यब्स्थापन सस्थाका प्रबन्धक शम्भु पौडेलले गरेका थिए भने उद्घाटन सत्रको सन्चालन संस्थाका सचिव रिता लम्सालले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्