पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ को सिमानामा रहेको अमलाबिसौनी चोक पटकपटक हुने दुर्घटनाले जोखिमपूर्ण बन्दै गएको छ । चौबाटोको जक्सन रहेको चोकमा पटकपटक सवारी दुर्घटना भइसकेको छ । घार्मी डाडाबाट झर्ने ओरालोको फेदिमा रहेको अमलाबिसौनी चोकबाट दक्षिण तर्फ जाने बाटो ओरालो र साघुरो परेका कारण गाडिमा टर्निङ प्वाइन्ट नपुगेका कारण पुर्ब तर्फ रहेको घर पसलमा गाडी छिर्ने र क्षती पुर्याउने गरेको छ ।
शनिबार साझ घार्मिबाट पोखरा आएको बा १८ च ३४१३ नम्बरको निजि कार अमला बिसौनी चोकको दिनेश बस्नेतको घर अगाडिको रेलिङ भाचेर गाडी रोकिएको थियो । गाडीमा ४ जना यात्रु सवार थिए । दुर्घटनामा परेको कारका चालक र यात्रुहरू सकुसल रहेका छन । कारको अघिल्लो भागमा क्षती पुगेको छ । मेट्रो प्रहरी लामाचौरले गाडी नियन्त्रणमा लिएको छ ।
गत बर्ष यहि ठाउमा भुर्जुङ्खोलानाट कटिङ ढुङ्गा बोकेर घार्मिको बाटो झरेको ट्रक राती ३ बजेतिर सटर फोडेर भित्र छिरेको थियो । उक्त दुर्घटनामा चालक र साइडमा बसेका ब्यक्ती गम्भीर घाइते भएका थिए भने सटर घर र पसलमा क्षती पुगेको थियो । त्यो दुर्घटना पछि घर पसल अगाडि रेलिङ हालिएको थियो भने मोडकै छेउमा रहेको आमा समुहको कार्यालय भवन भत्काइएको थियो तर पनि दुर्घटनामा कमि आएको छैन । शनिबार भएको दुर्घटनाका चालकले गाडिमा ब्रेक फेल भएको बताएका छन । दुर्घटना कम होस भनेर १६ र १९ नम्बर वडाका अध्यक्षको सहमतिमा सरक्षण आमा समुहको घर भत्काइएको धोबिनिपाटन अमलाबिसौनी टोल बिकास सस्थाका अध्यक्ष खगेन्द्र थापाले बताए , घर भत्काइएको लामो समयसम्म बाटो सुधार नभएको भन्दै थापाले गुनासो गरे ।
अमलाबिसौनी चोकको दक्षिण तर्फ जाने बाटो बिस्तारको लागि चोकमा रहेको प्रतिक्षालय र सरक्षण आमा समुहको भवन हटाइएको पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले बताए । बजेट कार्यान्वयनमा आउने बितिक्कै बाटो बिस्तार गरि दुर्घटना न्यूनीकरण गरिने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्