२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखरेली युबाको छातिमा जापानीज प्रेमिको छुरा

अन्ततः प्रेमिकानै काल बनेर छातिमा छुरा धसाएर प्रेमिको हत्या भएको छ । जापानको चिवा प्रान्तको  प्रिफेक्चरस्थित नराशिनो सिटीमा चक्कु प्रहारबाट एक नेपाली युवकको मृत्यु भएको हो। मृतकमा म्याग्दी जिल्ला घर भई पोखरा बसोबास गर्दै आएका बादल छन्त्याल रहेका छन् ।

प्रहरीका अनुसार छन्त्यालको हत्या उनको जापानी प्रेमिकाले गरेकी हुन् । करिब ३० वर्ष उमेर समूहकी ती जापानी युवती र छन्त्यालबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। सम्बन्धमा खटपट आएपछि दुवैले अलग हुने निर्णय गरेका थिए। त्यसै क्रममा अन्तिम पटक भेट गर्नका लागि छन्त्याल आफ्नी प्रेमिकासँग नियमित जाने होटलमा पुगेका थिए। उक्त होटलमा उनीहरू हरेक आइतवार भेट्ने गरेको बताइन्छ।

प्रहरीले दिएको विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। तर बेलुका करिब ५ बजे उनका दाजु तेजेन छन्त्यालले भाइको मृत अवस्थाको खबर पाएका थिए। घटनास्थल ती दुवैजना नियमित रूपमा जाने सोही होटलको कोठा रहेको बताइएको छ। प्रहरीले छन्त्यालको शरीरमा दुई वा बढी पटक चक्कु प्रहार गरिएको पुष्टि गरेको छ।

छन्त्यालको शवको पोस्टमार्टम यही असोज २३ गते (अक्टोबर ८ तारिख) गरिने बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको जापानबाट पत्रकार जीवन सुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्