जेनजी आन्दोलन पछि सडकमा आतङ्क मच्चाउने बाइकर्सहरु कानुनी फन्दामा पर्न थालेका छन । कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका मोटरसाइकल चलाउने ४ जनालाई नियन्त्रणमा लिएको छ । ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधिमा संलग्नहरुलाई प्रहरीले विभिन्न मिति र समयमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार, पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने २१ वर्षीय सुवास कार्की, म्याग्दी मालिका गाउँपालिका १ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका ३ बस्ने २५ वर्षीय एल्बिन पुन, पोखरा महानगरपालिका ६ बस्ने २६ वर्षीय सञ्जीव दुवाडी र पोखरा महानगरपालिका ५ प्रस्याङ बस्ने २९ वर्षीय अमृत चापागाई रहेका छन् । उनीहरुलाई क्रमशः ग १२ प ९८३२, ग २४ प ४४६६, ग १४ प ८३९९ र ग ९ प ६०१३ नम्बरका मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै कास्की प्रहरी मातहतको बैदाम प्रहरीले पड्काउने मोटरसाइकल चलाइ आतङ्क मच्चाउने २२ लाइ नियन्त्रणमा लिइ पड्काउने मानिस सहितलाई हिरासतमा राखी मुद्दा चलाएको छ । मोटरसाइकल नियन्त्रणमा लिने बैदाम इन्चार्ज नमराज भट्टराईले मोडिफाइ गर्ने वर्कसप सन्चालक र मिश्त्रीलाइ समेत नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी भै कास्किको हिरासतमा राखिएको उनले बताए ।
पोखरामा केही धनाड्य परिवारका आवारा छोराहरुले प्र उच्च पैसा पौच हुनेका सन्तान हरुले यस्ता स्वरुप परिवर्तन मोटरसाइकल बढि चलाएको पाइन्छ जसलाई प्रहरीले समेत खुलेर कारवाहि गर्न नसकेको कारण आतङ्कको बाताबरण बढेको प्रती जनगुनाशो आएपछी चेकिङ र कारबाहिलाइ तिब्रता दिइएको छ ।
प्रहरीले जाँचका क्रममा प्रहरीसँग विवाद गर्ने र समाजमा अशान्ति फैलाउने यस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याएको बताएको छ । आगामी दिनमा समेत यस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरी प्रमुख नबिन कार्कीका अनुसार पक्राउ परेकालाइ अभद्र व्यबहार मुद्दा चलाएको र बाइक मोडिफाइ गर्ने वर्कसप सन्चालकहरुलाइ समेत पहिचान गरि मुद्दा चलाउने एसपि कार्किले बताए ।जिल्ला प्रहरी
कार्यालय कास्कीले शहरी तथा ग्रामीण क्षेत्रमा हो–हल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाली समाजमा अशान्ति फैलाउने मोटरसाइकलहरु आफ्नो वडा एरियामा चलाएको देखेमा नेपाल प्रहरीको हटलाइन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता कायम रहने प्रहरीले बताएको छ ।
जेनजी बिद्रोह अघि कास्की प्रहरीले अभियानकै रुपमा बाइक आतङ्क नियन्त्रणमा लिएको थियो । बिद्रोहपछी केही उच्छृङ्खल युवाहरुमा अराजकताकोले सिमा नाघेको थियो । अबस्था सामान्य भएपछी कास्की प्रहरिले सक्रियता देखाएको छ यसले आम सर्बसाधारणमा सकारात्मक अनुभुति गराएको छ ।

प्रतिक्रिया दिनुहोस्