भाद्र २३-२४ गते नेपालमा भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट ध्वस्त बनाइएको जिल्ला प्रशासन कार्यालय कास्की तङ्गृएको छ । जलेर कङ्काल मात्र रहेको कार्यालय भवन चिटिक्क बनाइएको छ । पश्चिम तर्फका दुई कोठाको भागमा जलेर रड सम्म देखिएकोले प्राबिधिकहरुले विशेष जाँच गर्न नमुना लगेको कोठा प्र जि अको कार्यालय , सचिबालय र बैठक हल बाहेक सबै कोठाहरु तयार गरिएकाछन ।

जिल्ला प्रशासन कार्यालय कास्कीको भवन पुननिर्माण , इन्भर्टर ब्याट्री लगायतका समान खरिद र ब्यबस्थापनमा कास्किका पालिकाहरु र प्रदेश तथा संघीय सरकारबाट सहयोग जुटेको स्टोर प्रमुख चेतराज आचार्यले बताए । जिल्ला प्रशासन कार्यालय भवन चिटिक्क देखिएको छ ।
पुरा भवन तयार नभए पनि कार्यालय ब्यबस्थापन मिलाएर सेवा प्रबाहलाइ प्राथामिकता दिइएको पाइन्छ । जिल्ला प्रशासन कार्यालयले दिने नयाँ नागरिकता , प्रतिलिपी नागरिकता , राहदानी सम्बन्धी कार्य राष्ट्रिय परिचय पत्र सम्बन्धि आबेदन र बितरण लगायतका सम्पुर्ण सेवा सुचारु भएको जिल्ला प्रशासन कार्यलय कास्कीका सुचना अधिकारी शिव लम्सालले बताए ।
सेवाग्राहीको चापलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालयले सेवा प्रबाहलाइ नागरिक मैत्री बनाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन । स्पेस र उपकरणको प्रयाप्तता नभएपनी नागरिकलाइ दिने सेवामा कमि कमजोरी नहोस भन्ने बिषयमा कार्यालय सचेत छ प्रजिअ शर्माले भनिन ।
एउटौ कोठाबाट काम चलाउदै सेवा प्रबाह (कार्यालय समय पछिको तस्वीर )
” आगजनी , तोडफोड र लुटपाटले क्षतबिक्षत बनेको कास्की प्रशासन भवन यति छिटै तङ्गृन्छ र सबै सेवा पाइन्छ भन्ने बिषयमा पत्त्याएको थिइन ” नागरिकताको प्रतिलिपी लिन आएका एक सेवाग्राहीले सराङ्कोटलाइ बताए । कार्यालय परिसरमा रहेका जलेका जिर्ण समानहरु ब्यबस्थापन गर्न बाकी रहेको देखिन्छ । कास्की प्रशासनले सन्चारकर्मिहरुको छुट्टै व्हाट्स्याप ग्रुप बनाएर सुचना तथा जानकारी दिने ब्यबस्था मिलाएका कारण समाचार सम्प्रेषणमा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्