यदुनाथ बन्जारा
सार्बजनिक सडकको अतिक्रमण रोक्ने काम स्थानिय सरकारको हो तर बर्षौ देखि अतिक्रमण गरेर फुटपाथको भाडा खाइरहेको रेडक्रस कास्किले मापदण्ड हटाउन विभिन्न बहानाबाजी गरेर अटेर गर्दै आएको छ । आफुलाइ ख्यातिप्राप्त सामाजिक सस्था दाबी गर्दै आएको रेडक्रसले नै सामाजिक मूल्य र मान्यतामा बेवास्ता गर्दै राज्यको कानुनको उल्लंघन गर्छ भने अन्य संघ सस्थाबाट कस्तो अपेक्षा राख्ने ?यो एउटा गम्भीर प्रश्न बनेको छ ।
बिपत र उद्दारमा बिश्वमै नाम कमाएको रेडक्रसले नेपालमा भने आलोचना कमाएको छ । कास्की रेडक्रसले मुख्य र ब्यस्त सडकको फुट्पाथ अतिक्रमण गरि सटर टहरा बनाइ भाडामा लगएर सम्भाबित जोखिम निम्त्याएको छ । बिपतमा उद्दार गर्नु , द्वन्द्वमा परेका पीडितलाई राहतको मल्हम लगाउनु र रक्त सन्चार बैकको ब्यबस्थापन गर्ने कार्यमा जुटेको नेपाल रेडक्रस सोसाइटी आफैले अतिक्रमण नहटाएको बिषयमा सर्बत्र आलोचना भैरहेको छ , हेर्नेहरुको पनि आँखा बिझाएको छ । आधारभूत सिद्धान्त प्रतिकुल कार्य गरेको पुष्टि भएपछी आफ्नो तालुक सस्था आइ एफ आर सिले कारबाही स्वरुप बिघटनको चेतावनी दिएको छ । सिकायत गर्ने प्रबृती बढे पछि नेपालका इमान्दार रेडक्रस कर्मिहरुमा समेत निरासा जन्मिएको छ ।
अतिक्रमण हट्नेमा अझै अनिश्चित
पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान , गन्डकी अस्पताल चोकको दक्षिण गेटमा रहेको रेडक्रस कास्किले सन्चालन गरेको ब्लड बैंकले दशकौ देखि फुटपाथ अतिक्रमण गरि बनाएको सरचना हट्नेमा अझै अनिश्चित रहेको छ ।बर्षौ अघि निर्मित भवनले पैदलयात्रुहरुलाइ सास्ती दिएको भन्दै स्थानीयले गुनासो गरेका छन । अस्पताल चोकको दक्षिण ढोकाको बायाँ पट्टि रहेको भवनमा राखिएको पसलहरुले पैदल यात्रीको अधिकारलाई कुन्ठित बनाएका छन । फुटपाथमा फलफुल तरकारी र फेन्सिका असरल्ल समानहरुले यात्रु पिच सडकमा हिड्न बाध्य छन सडकमा हिड्न पर्दा सवारिले ठक्कर दिएर सर्बसाधारण घाइते भैरहेको स्थानिय सामाजिक अभियन्ता शिव प्रसाद गौतमले बताए । स्थानियले पटकपटक ११नम्बर वडा कार्यालयका अध्यक्ष ,रेडक्रस कास्किका प्रमुखलाई फुटपाथको अतिक्रमण हटाउन अनुरोध र ताकेता गरेक्क गौतमले बताए । साउन भित्र फुटपाथ खाली गर्ने आश्वासन मात्र पाएको स्थानिय बताउछन ।
। जोखिमपूर्ण अतिक्रमित फुटपाथ हटाउन स्थानीयले ११ नम्बर वडा कार्यालय र रेडक्रस कास्की कार्यालयमा पुगेर हार गुहार मागे पछि ११ नम्बर वडा कार्यालयले २०८२/१/११ गते रेडक्रस कास्किलाइ मापदण्ड कायम गरि भवन हटाउने सम्बन्धमा पत्राचार गरेको थियो । पोखरा १० र ११ नम्बर वडाको सिमानामा रहेको रेडक्रस कास्किको ब्लड बैकको मोहोडा खन्डमा रहेको टहराहरुमा ५ वटा ब्यापारिक सटर कबल बनाइ पसल थापिएको छ ।
महानगरको मापदन्ड अनुसार सडकको केन्द्रबाट ३० फिट मापदण्ड छोडेर मात्र सरचना निर्माण गर्नुपर्ने कानुन रहेको छ । मापदण्डअनुसार कायम गर्दा पसल सहित ब्लड बैक रहेको भवन कार्यालय समेतमा क्षती पुग्न जाने अबस्था छ । स्थानीयको निबेदन पछि ११ नम्बर वडा कार्यालयले रेडक्रस कास्किलाइ पत्र लेखी अतिक्रमण हटाउन भनेको पत्रको कोड गरि सराङ्कोटले एक रिपोर्ट प्रकाशन गरेको थियो । रेडक्रस कास्की प्रमुख कृष्ण प्रसाद कोइरालाले साउन भित्र अतिक्रमण हटाउने बताएका थिए । पत्र देखाउनको लागि मात्र लेखिएको हो वा कानुन कार्यान्वयनका लागि मात्र भन्ने बिषय सोचनिय बनेको छ । अहिले वडा न ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्य पनि मुकदर्शक बनेर बसेका छन । फुटपाथको समस्याले वडा अध्यक्ष , रेडक्रस कसैको मनमा छोएको छैन ।
रेडक्रसको ब्लड बैक पनि सोही भवनमा रहेकोले ब्लड बैकको ब्यबस्थापन गर्न क्षेत्रीय अस्पताल सङ्ग भवन माग्ने बताएका थिए तर अस्पतालले रेडक्रसलाइ दिने भवन नभएकोले आफै ब्यबस्था गरेर फुटपाथ हटाउन रेडक्रसको आफ्नै स्वायत्त दायित्व भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उप कुलपति प्राडा भरत बहादुर खत्रीले बताए ।
हेर्दा सामान्य लाग्ने यो प्रकरण भोगाइमा भने जटिल र मुल्यांकनमा आलोचना योग्य बिषय बनेको छ । रेडक्रस जस्तो जिम्मेवार सस्थाले कानुन बिपरित सरचना बनाइ भाडा खाने जोखिम चाहिँ सर्बसाधारणले लिनुपर्ने कार्य कहिले सम्म ? जतिसक्दो छिटो हटाउन नागरिक समाज , स्थानिय , माहानगरपालिकाको चेतको बिर्को खुल्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्