हिमालय क्लब पोखरा १६ बाटुलेचौरले निशुल्क आँखा जाँच शिबिर गर्ने भएको छ । मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिबिर आयोजना गर्न लागिएको क्लबका सूचना अधिकारी शिवराज देवकोटाले बताए ।
दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारको प्राविधिक सहयोग तथा हिमालय क्लव, पोखरा १६ को आयोजनामा “बृहत मोतियाविन्दु छनौट शिविर” सञ्चालन गरिने जनाउदै आँखाका सम्पूर्ण बिरामीहरुले आँखाको जाँच गराई मौकाको फाईदा लिन क्लबले सार्बजनिक अपिल गरेको छ ।
निःशुल्क आँखा परिक्षण शिबिरमा आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरणको व्यवस्था मिलाइएको छ । आवश्यक परेका बिरामीहरुलाई सहुलियत दरमा चश्मा वितरण गरिने जनाइएको छ ।
उक्त शिविरमा मोतियाविन्दु भएका बिरामीहरुलाई दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारमा यहि मिति २०८२ मंसिर २५, २६ र २७ गते काठमाडौं र पोखराका बरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टरहरुद्धारा अप्रेशन गरिने योजना रहेको र SICS विधिबाट निशुल्क अप्रेसन गरिनुका साथै फेको मेसिनबाट सहुलियत दरमा अप्रेसन गरिने क्लबले सुचना मार्फत जनाएको छ ।
क्लबले यस अघि मुटु रोग जाँच , महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ टेस्ट लगाएत विभिन्न स्वास्थ्य जाँच गरि नागरिकलाइ सेवा प्रदान गर्दै आएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन कार्यलाइ प्राथमिकता प्रदान गरिएको हिमालय क्ल्बका अध्यक्ष मोहन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्