२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

मुस्ताङ मा रास्वपाको जिल्ला भेला , सुदेश गुरुङको नेतृत्वमा जिल्ला कमिटी गठन

राष्ट्रिय स्वतन्त्र पार्टिले चुनाबलाइ लक्षित गरि पार्टिको सङ्गठन बिस्तारलाइ तिब्रता दिएको छ । ७४ जिल्लामा सङ्गठन बिस्तार भइ सकेको एक नेताले बताए । यसै क्रममा रास्वपाले हिमाली जिल्ला मुस्ताङमा एक भेला गरि जिल्ला कमिटी गठन गरेको छ । जिल्ला भेलाले सुदेश सुरुङलाइ सर्बसम्मत अध्यक्ष चयन गरेको छ । यस्तै उपाध्यक्ष बिष्णु थकाली , सचिब जीवन हिराचन , सहसचिव मा पासाङ डोल्मा गुरुङ पदाधिकारी रहेको जिल्ला कार्यसमिति चयन गरेको छ ।
जिल्ला भेलामा पुगेका रास्वपाका कार्यवाहक सभापति अर्यालले मुस्ताङको विकासका लागि पार्टीले बिशेष भूमिका खेल्ने बताए । उनले सरकारमा गएर विकासलाई प्राथमिकता दिने कुरा जोमसोममा आयोजित भेलामा बताए ।

अर्यालले कोरलानाकामा पूर्वाधार निर्माण र आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका छन् । ल्ल

आइतबार जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उनले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताएका हुन् ।

कार्यवाहक सभापित अर्यालले रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गर्दै सुशासनमा जोड दिएका थिय । भेलामा एमाले , काङ्ग्रेस पार्टी परित्याग गरि रास्वपामा प्रबेस गर्कालाइ का बा अध्यक्ष डिपि अर्यालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्