२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१

स्थानिय तहको गैरकानुनी सेटिङमा सार्बजनिक सडकमा दौडनेसङ्ग लाखौ चन्दा असुली !

यदुनाथ बन्जारा

सरकारले राज्यको ढुकुटीबाट बनाएको सडकमा हिडे दौडिए बापत मोटो रकम चन्दा उठाइन्छ भन्ने कुरा सुन्दा तपाइलाइ अचम्म लाग्न सक्छ , असम्भव लाग्न सक्छ तर अचम्म नमान्नुस पोखरा महानगरपालिका भित्रै त्यस्तो अनियमित असुली कार्य बर्षौ देखि भैरहेको तथ्य सराङ्कोटले फेला पारेको छ ।


हो पाठक बृन्द पोखरा महानगरपालिका वडा नम्बर २० को भलाम जर्नेलको पधेरा देखि देउराली सिम्लेस्वारा डाडागाउ सम्मको सडक प्रयोग गरे बापत भलाममा रहेको शृङ्खला युवा क्लब र डाडागाउ टोल बिकास सस्थाले बार्षिक ७ लाख ७० हजार रुपैयाँ चन्दा स्वरुप असुल्दै आएको छ । झन्डै दुई दशक अघि देखि यसरी क्लब र टोल बिकास सस्थाको नाममा चन्दा असुली गर्दै आएको स्थानिय प्रतक्ष्यदर्शिहरुले बताएका छन । लाहुरे तालिम सन्चालन गर्ने ट्रेनिङ ईन्स्टिच्युट एसोसिएसनबाट शृङ्खला क्लब र टोलबिकास सस्थाले बार्षिक रकम कबुल गरि चन्दा असुल गर्ने गरेको तथ्य फेला परेको छ । तालिमे प्रशिक्षार्थीहरुले डोको बोकेर दौडिए बापत त्यस्तो रकम असुल गर्ने गरिएको पुष्टि भएको छ ।
प्रदेश सरकारले बनाएको गौरबको योजना अन्तरगत निर्माण गरिएको सार्वजनिक सडक प्रयोगकर्तालाई स्थानिय क्लब र टोलबिकास सस्थाले कमाउ धन्दा बनाएकाछन । यसरी रकम असुली कार्यमा वडा नम्बर २० कार्यालयको मिलेमतो रहेको पाइएको छ । आफ्नो वडामा कानुन बिपरित हुने चन्दा असुली धन्दालाइ रोकि कानुनी दायरामा ल्याउन सहयोग गर्नुपर्ने निकायले उल्टै लिखित माइन्युट गरेर गैरकानुनी कार्यलाइ प्रोत्साहन गरेको पाइएको छ ।

 


२० नम्बर वडा कार्यालयले २०८१ भाद्र १७ गते वडा अध्यक्ष गङ्गा बहादुर खत्रीको अध्यक्षतामा वडा परिसरमा बैठक बसि नेपाल फिजिकल ट्रेनिङ ईन्स्टिच्युट र गोर्खा फिजिकल ट्रेनिङ ईन्स्टिच्युटसङ्ग गरि बार्षिक ७लाख ७० हजार असुल्न स्वीकृति दिएको छ । यसरी असुल गरेको रकम शृङ्खला युवा क्लब र डाडागाउ टोलबिकास सस्थाले ५०-५० प्रतिशत बाढेर लिनु भन्ने ब्यहोरा निर्णय माइन्युटमा उल्ल्ख गरिएको छ ।
वडा न २० कार्यालयको उक्त निर्णय गर्दा वडा अध्यक्ष गङ्गा बहादुर खत्री सदस्यहरु गिता पौडेल , रुपा नेपाली र गन्जमान गुरुङले हस्ताक्षर गरेका छन । निर्णयमा २०८२ सालको डोको रेसको लागि १० प्रतिशत रकम बढ्ने उल्लेख गरिएको छ । वडा सचिब राम प्रसाद तिवारीले वडा कार्यालयम सम्झौताको लेखन र रकम उठाउन अनुमती प्रदान गरेको स्वीकार गरे तर सुचनाको हक प्रयोग गरि प्रतिलिपी माग गर्दा विभिन्न बहाना बनाएर दिन खोजेनन ।
सरकारले बनाएको सडकमा दौडदा रकम असुल्न कानुनले दिन्छ भन्ने हाम्रो जिज्ञासामा शृङ्खला युवा क्लबका अध्यक्ष दिनेश बस्नेतले सडकमा डोको दौड गर्ने नेपाली नागरिक सङ्ग चन्दा रकम असुल्नु कानुन सम्मत नभएको स्वीकार गरेका छन । आफुले तोकेरै रकम उठाउने काम बन्द गरौ भन्दा क्लबका साथिहरु र वडाले नमानेको बताए । उठाएको रकम रेखदेख र ब्यबस्थापनमा खर्च हुने अध्यक्ष बस्नेतले बताए । डाडा गाउँ टोल बिकास सस्थाले पनि रकम उठाउने कानुनी आधार बताइन सकेनन । सस्थाका निबर्तमान अध्यक्ष k चोक बहादुर गुरुङ डोको रेसमा पैसा उठाउन कानुन सम्मतको कुरा थाहा छैन तर वडाले लेखेर दिएपछी लिएको बताउछन ।
त्यो बाटो प्रदेश सरकारले लगानी गरेको सासद बिन्दु कुमार थापाले हालेको सासद बिकास कोषको गौरबको योजना हो । बजेट सरकारले हाल्ने तर लाभ गैरसरकारी सस्थाले लिने कार्यले अराजकतालाइ मलजल गरेको सहजै बुझ्न सकिन्छ । बृटिस आर्मीको प्रशिक्षणको लागि त्यो बाटो मापदण्डअनुसार भएकोले दुई दशक अघि देखिनै डोकोरेस अभ्यास गर्ने गरिएको छ । लाहुरे ट्रेनिङ ईन्स्टिच्युट हरु स्वैच्छिक सहयोग गर्न चाहान्छन तर युबा क्लब र टोलबिकास क्लबले वडाको बलमा तोकेरै महङ्गो रकम असुल्दै आएका छन । वडा न २० का वडा अध्यक्ष गङ्गा बहादुर खत्री रकम उठाउन कुनै निर्णय र सम्झौता नगरेको भन्दै चोखिने प्रयास गर्छन । वडा सचिबले लुकाएपनी हामिसङ्ग वडाले गरेको असुली गर्न अनुमती दिएको कागज प्राप्त भैसकेको छ । राज्यक्क निकायले के गर्छ त्यो भने हेर्न बाकी छ ।
करिब एक दशक अघि स्थानियले पैसा नदिएको भन्दै सडकमा हिड्न दौडन नै रोक लगाएका थिए । प्रशिक्षार्थीहरुले कास्की प्रशासनमा उजुरी गरेपछी प्रहरिको बलमा बाटो खुलाएको थियो । त्यसपछि वडा कार्यालयले रकम उठाउन अनुमती दिएको थियो जबकी स्थानिय प्रशासन र गृह प्रशासनले समेत बाटो प्रयोग गरे बापत रकम उठाउन अनुमती दिन सक्दैन । बर्षौ देखि भैरहेको चन्दा असुलिको बिषयमा कास्की प्रशासनले कस्तो छानबिन र कारबाही गर्ला त्यो भने प्रतिक्षाको बिषय हो ।

प्रतिक्रिया दिनुहोस्