२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

मामा भान्जिको मिलेभगतमा अपचलन सहकारी ठगी धन्दावाल श्रेस्ठले फिर्ता गरे रकम

बचत कर्ताले भोलि समस्या पर्दा गर्जो टर्छ भन्दै राखेको रकम अपचलन गरि ब्यक्तिगत भुँडी भर्ने प्रवृत्ति पछिल्लो समय मौलाउदै गएको छ । समाजका तथाकथित टाठबाठा , समाजसेवाको खोल ओढेर बसेका र राजनितिक दलका नेता र कार्यकर्ताहरुले सहकारीको रकम अपचलन गर्ने गरेको तथ्यले पुष्टि गरिसकेको छ । शेयर सदस्य र बचतकर्ताहरुको आखामा छारो हालेर सहकारीको रकमलाइ ब्यक्तिगत बपौती सम्झेर अपचलन गर्नेहरु धमाधम फन्दामा पर्न थालेका छन ।
यस्तै मध्यको एक हो सफल सहकारी ।पोखरा–७ घारीपाटनमा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष गणेश श्रेस्ठले तथा नेकपा (एमाले)का नेता गणेश श्रेष्ठले १८ लाख ८५ हजार २ सय ८४ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भए पछि उनले अपचलन गरेको रकम फिर्ता गराउन सहकारी सन्चालक समिती सफल भएकाछन । मुख्यतः महिला बचतकर्ताहरूको बाहुल्य रहेको यो सहकारीमा श्रेष्ठले विगत पाँच वर्षदेखि ऋण वितरण र ब्याजमा चलखेल गरी लाखौं रुपैयाँ ठगी गर्दै आईरहेको गुनासो आएपछी प्रारम्भिक छानबिन गरिएको थियो ।

सफल सहकारीमा श्रेष्ठ करिब पाँच वर्षअघि सचिवका रूपमा संस्थामा प्रवेश गरेका थिए । पछि २०८० देखि २०८३ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका थिए । तर ठगीको खुलासा भएलगत्तै सञ्चालक समिति र बचतकर्ताहरूको दबाबमा उनले राजीनामा दिएका छन् । अन्य पदाधिकारी तथा सञ्चालकहरू यथावत् रहेका छन् र गत कार्तिक १ गते सम्पन्न साधारणसभाले सल्लाहकार अनिलकुमार शाहीलाई नयाँ अध्यक्षमा मनोनयन गरेको छ ।

ठगीको आरोप लागेका गणेश श्रेष्ठले सहकारीको ब्यबस्थापकको रुपमा काम गर्न आफ्नी भान्जी नबिना श्रेस्ठलाइ राखेका थिए । भान्जी नै मुख्य कर्मचारी भएपछी उनलाइ सहकारिमा चलखेल गर्न सहज भएको अनुसन्धानले भन्छ । अनुसन्धानमा सोधपुछ गर्दा नबिनाले भनिन “मामा (अध्यक्ष ) ले जे अराउनु भो त्यही गरे ” अध्यक्ष श्रेस्ठले अपचलन गरेको पुरै रकम असुल गरिएको भएपनी उनलाइ थप कानुनी कारबाही अगाडि बढाइएको छैन । अरुपनी गडबडी छ कि भनेर थप अनुसन्धान र आन्तरिक लेखापरीक्षण गरि

सफल सहकारिमा ठगीको गम्भीर लहरो हुनसक्ने भएपछि सहकारीले प्रेम जिटीको संयोजकत्वमा घनश्याम लामिछाने र निर्मल खत्री सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । बचतकर्ताहरूले स्वतन्त्र अडिटमार्फत पूर्ण अनुसन्धान हुनुपर्ने माग राखेका छन् । उनीहरूका अनुसार श्रेष्ठले आफ्नै नजिकका नातेदारलाई सहकारीको प्रमुख कर्मचारी र कम्प्युटर सिस्टम तथा सफ्टवेयरको जिम्मेवारी दिएर अन्य सञ्चालकहरूलाई कुनै जानकारी नदिई रकम हिनामिना गर्दै आएका थिए । अझै ठगीको वास्तविक आकार छानबिनपछि मात्र खुल्ने उनीहरूको भनाइ छ । अध्यक्ष रहेका गणेश श्रेस्ठले कार्यालयको कम्युटर र सफ्टवेयर समेत आफै चलाउने गर्दै आएका थिए जुन कुरा कार्यलयको जिम्मेवार कर्मचारी उनकी भान्जी नबिनालाइ राम्रो जानकारी थियो तर मामाको अगाडि उनले बिरोध गर्न सकिनन ।

३ बर्षे कार्यकाल २०८०–२०८३ का लागि निर्वाचित पदाधिकारीहरूमा हटाइएका अध्यक्ष गणेश श्रेष्ठ को नेतृत्वमा उपाध्यक्ष धनबहादुर रानाभाट, सचिव कमलप्रसाद शर्मा, कोषाध्यक्ष विष्णुप्रसाद ढकाल तथा सञ्चालक सदस्यहरू हरिबहादुर थापा, मञ्जु गुरुङ, डिलबहादुर गुरुङ (दिलिप), जीवनाथ देवकोटा र दुर्गाकुमारी शर्मा छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा हरिप्रसाद श्रेष्ठ, शेषकान्त ढकाल र विनोद गिरी तथा सल्लाहकारहरूमा अनिलकुमार शाही, हरिप्रसाद बास्तोला, लक्ष्मणबहादुर गुरुङ, पवित्रा जिसीलगायत रहेका छन् ।
४२१ जना सदस्य रहेको सहकारीमा करिब ६० प्रतिशतभन्दा बढी महिला र ४० प्ततिशत पुरुष रहेका छन् तर नेतृत्वमा भने पुरुषको बोलवाला रहेको छ । संस्थाको शेयर पुँजी ३ करोड १० लाख र बचत रकम झन्डै ५ करोड रुपैयाँभन्दा माथि छ । सहकारीले पोखरा महानगरपालिकाका १० भन्दा बढी वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।

स्थायी घर गोरखा भएका श्रेष्ठ नेकपा (एमाले) का कार्यकर्ता मात्र होइन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कास्की जिल्लाको निवर्तमान अध्यक्ष पनि हुन् । पोखरामा दोहोरीसाँझ र रिभर भ्यू रिसोर्ट (पोखरा–१७ महतगौंडा) सञ्चालन गर्दै आएका उनीमाथि बचतकर्ताहरूले ठगीमा संलग्न भएको भन्दैं निष्पक्ष र स्वतन्त्र निकायबाट छानबिनको माग गरेका छन् । त्यतिमात्र होइन उनी महानगर सहकारी संघ पोखराका महासचिब पनि हुन । उक्त सस्था छाता सस्था हो जसले सहकारिलाइ नियमानुसार सन्चालनमा भुमिका खेल्छ । आफै जिम्मेवारीमा रहेका गणेश आफैले पदको दुरुपयोग गरेका छन । यश बारेमा उनको प्रतिकृयाको लागि सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्