२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

एमाले युवा संघका केन्द्रिय सदस्य टासी गुरुङ लुटपाट र अपहरणका पटके अपराधी

अपराधमा राजनितिकरण गरि सरक्षण गरियो भने देशमा  सुशासनको धज्जी उड्ने निश्चित हुन्छ ” यो भनाइ अग्रज समाजशाश्त्रीको हो । जुन दलमा अपराधिलाइ सरक्षण गरिन्छ अर्थात कानुनको जिम्मा लगाउनुको सट्टा पार्टि चलाउने जिम्मा दिइन्छ त्यसबाट कस्तो नतिजाको अपेक्षा गर्ने ? हो नेपालका केही ठुला दलहरु यस्तै चङ्गुलमा फसेका छन । पार्टिहरु रहर लाग्दा होइन डर लाग्दा भएका छन ।यस्त मध्य एक हो नेकपा एमाले ।  अपहरण मुद्दामा  १२ वर्ष कैद बसेर २०७७ सालमा  छुटेको नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाट मुद्दामा पक्राउ परेका छन् । उनि हुन लमजुङ दोर्दिका टासी गुरुङ ।

      गुरुङ चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि  मङ्सिर  ९ गते पक्राउ  गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा युवा संघ  नेपालका केन्द्रिय सदस्यमा  आबद्ध रहेको पुष्टि भएको  हो । त्यतिमात्रै होइन उनी पटके अपराधी रहेको खुलेको छ । यसअघि राजधानी काठमाडौंमै भएको एक चर्चित अपहरणमा दोषी ठहर भएर जेल सजाय भोगेको व्यक्ति केही महिनामै अर्को अपराधमा पक्राउ परेका हुन ।

        पक्राउ परेका गुरुङले बाराको निजगढ घर भएकी ४२ वर्षीय सरस्वती तामाङले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री स्कुटरमा आएको दुई जनाको समूहले थुतेर  भागेको  कसुरमा टासीलाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन  ।

प्रहरी वृत्त स्वम्भूको टोलीले टासीलाई ९ मंसिर राति ८ बजेतिर तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट पक्राउ गरेको हो । अहिले उनीमाथि हातहतियार खरखजना तथा चोरी, लुटपाटको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

  टासी गुरुङ अपहरण मुद्दामा  १२ वर्ष जेल भुक्तान गरि  र १ लाख ५० हवार जरिवाना तिरेर २०७७ सालमा कैदी मुक्त भएका थिए ।  यो अपहरण काण्डमा एक ब्यापारीसङ्ग  एक करोड पचास लाख फिरौती असुलिएको ठहर भएको  थियो ।
टासी गुरुङ अपहरणको कसुरमा १२ वर्ष जेल बसेर छुटेका टासी त्यसपछि भने राजनीतिक संरक्षणमा गुण्डागर्दीदेखि लुटपाटको धन्दा चलाएको भेटिएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।
जेलबाट छुटेपछि उनी नेकपा एमालेको युवा संघमा आबद्ध भए । किरण पौडेल अध्यक्ष रहेका बेलामा र अर्को एक पालामा गरी लगातार उनी दुईपटक युवा संघको केन्द्रीय सदस्य बनेका थिए ।

पार्टिको  आडमा उनले लमजुङमै ठेक्कापट्टाको कमिशनदेखि मर्स्याङ्दी खोलाबाट बालुवा तथा ढुंगा, गिट्टी उत्खनन् गरेर बेचेको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘जेलबाट छुटेलगत्तै उनी युवाको केन्द्रीय सदस्य बने । त्यसैको आडमा ढुंगा, गिट्टी उत्खनन्देखि, ठेकेदारबाट कमिशन पनि उठाउन थालेको देखिन्छ,’ ती अधिकृतले पत्रकार सङ्ग  भने । पार्टिको सरक्षणमा जे पनि गर्ने गरेका गुरुङ काठमाडौ बस्दै आएका थिए ।

          दुई कार्यकालय युवा संघको केन्द्रीय सदस्य बनेर काम गरेका टासी अहिले भने एमालेकै खेलकुद विभागमा आबद्ध हुन लागेका थिए । त्यसका लागि सिफारिसको समेत तयारी भइरहेको थियो । यही बेला उनी चोरी तथा लुटपाटमा समातिए । पार्टिले उनलाइ सरक्षण गर्दै आएको भएपनी सुशीला कार्की नेतृत्वको सरकारले  उनलाइ पक्राउ गरि मुद्दा चलाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्