केही दिन अगाडि देउबा दम्पती र ओलि दम्पतीले भेटबार्ता गरे । जेनजी आन्दोलनमा भएको उलटपुलट पछिको त्यो पहिलो भेट थियो । भेटपछी काङ्ग्रेसले दोहोरो चरित्र देखाएको छ । चुनाबमा होमिएको काङ्ग्रेस ओलि दम्पती सङ्गको भेटपछी प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।
कांग्रेसले वारेसमा र्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । काङ्ग्रेसको यो नया निर्णय हो ।
‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएको खुलासा भएको हो ।पुर्ब महान्यायाधिबक्ता खम्म खाती कांग्रेस निर्वाचन समिति संयोजक पनि हुन् । काङ्रेस र एमालेले नेपालिहरुको पछिल्लो सङ्रामपछी आफुहरुले चुनाब हार्ने आङ्कलन गरि सरकार ब्युताउन अदालत गएको राजनीतिक जानकारहरु बताउछन । स्मरणीय छ गत बर्ष पनि यहि दम्पतिको राती भएको सहमती अनुसार गठ्क्बन्धन सरकार बनेको थियो ।
यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको रिट निवेदन दर्ता गराएको छ । काङ्ग्रेस एमाले मिलेर सत्ताको खेलको लागि नया तुरुप फालेका छन । सर्बोच्चले केही दिनमा फैसला गर्दै छ । अदालतमा हुने राजनीतिक नियुक्तिका कारण फैसला एमाले काङ्ग्रेसको पक्षमा भइ ससद पुनस्थापना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्