२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

राष्ट्रिय मावि भ्रष्टाचार मुद्दामा फसेपछी सस्कृत माबिले बोर्डिङ हटाउने निर्णय गर्यो

पोखरा १ भिमकालिपाटनमा रहेको सामुदायिक बिध्यालय सस्कृत माविले बर्षौ देखीको गैरकानुनी निर्णय सच्याएको छ । सरकारी बिध्यालयक घर जग्गा निजि बोर्डिङलाइ भाडामा दिएर स्वार्थ बाझिने र कानुन बिपरित कार्य गर्दै आएको थियो । सराङ्कोटले पटकपटक खबरदारी गर्दा पनि अटेर गर्दै भाडाको खेतीलाई निरन्तरता दिएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १ अन्तरगतका दुई वटा माध्यमिक बिध्यालय राष्ट्रिय माबी र सस्कृत माबी एउटै प्रकृतिको गैरकानुनी कार्यबाट ग्रसित थिए । ती मध्य मध्य राष्ट्रिय माबी टुडिखेल भ्रष्टाचार प्रकरणमा मन्सिर ७ गते अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सोही प्रकृतिको सस्कृत माविको बारेमा के हुदैछ भन्दै स्थानिय नागरिकले चासो ब्यक्त गरिरहेका बेला सस्कृत माविले तत्काल निर्णय गरेर बोर्डिङलाइ अबिलम्ब हट्न निर्देशनात्मक पत्राचार गरेको छ ।


सस्कृत माविले सरकारी बजेटमा बनाइदिएको पक्की भवन बेबि मन्टेस्वरी नामको निजि शिक्षण सस्थालाइ भाडामा लगाएर आफ्ना बिध्यार्थिलाइ कच्ची जोखिमपूर्ण भवनमा राख्दै आएको छ । करिब डेड दशक देखि स्वार्थ बाझिने निजि सस्था मन्टेस्वरिलाइ भाडामा लगाउदै आएको छ । सस्कृत माविले लिटिल स्टेप बोर्डिङलाई ४० बर्ष देखि र , पोखरा आदर्श मावी समेतलाइ दुई दशक देखि भाडामा लगाउदै आएको छ । मङ्सिर ८ गते ती बिध्यालयहरुलाइ बोधार्थ दिदै पोखरा महानगर शिक्षा महाशाखा , शिक्षा बिकास तथा समन्वय इकाइ कास्किलाइ बिब्यसको निर्णय जानकारी गराएको छ ।


सामुदायिक बिध्यालय राष्टको सम्पती हो । त्यसको अधिकतम उपयोग गरि गुणस्तरीय शिक्षा दिनुपर्ने हुन्छ तर केही बिध्यालयहरुले निजि बोर्डिङलाइ भाडामा लगाएर सरकारि बिध्यालय धरासायी बनाउदै लगेको पाइएको छ । सराङ्कोट साप्ताहिकले त्यस्ता बेथिति र बिकृतिलाइ उजागर गर्दै आएको छ । वडा अध्यक्ष जित्ने पार्टिको कार्यकर्ता बिब्यसमा भर्ती गर्ने रोग नै बसेको छ । वडा शिक्षा समितीबाटै बिब्यसमा आफ्नो बर्चस्व कायम गर्ने गरि सरकारी जागिरेहरु पनि बिब्यसको नियुक्ति खान मरिहत्ते गर्ने गरेका छन त्यस्ता बिध्यालय मध्य सस्कृत मावी पनि एक हो , त्यहा पिएन क्याम्पसका उप प्राध्यापक बिष्णु अधिकारी दुई पटक अध्यक्ष बनेका छन ।


राष्ट्रिय माविको घर जग्गा अनियमितता प्रकरणमा मुद्दा चलेपछी सस्कृतको के हुन्छ भन्दै चासोका साथ हेरिएको बेला सस्कृत माबिले हतारमा निर्णय गरेर बोर्डिङ स्कुल हटाउन सम्झौता खारेज गर्ने निर्णय गरेको छ । सराङकोटले उठाइ रहेको बिषयमा यसलाइ सफलताको रुपमा लिइएको छ । अख्तियारले कसरी अनुसन्धान गरेको छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्