बागलुङ बजारबाट विभिन्न ग्रामीण रुटमा चल्ने जीप व्यावसायिहरुलेलय घेराउ गरेका छन । ट्राफिक प्रहरीले चेकिङ गर्दा गलत पाइएपछी जरिवानाको चिट काटेको भन्दै जीप चालक तथा व्यावसायिहरुले ट्राफिक चोकमा रहेको जिल्ला ट्राफिक कार्यालय घेराउ गरेका हुन ।
बागलुङ बजार बाट बरेङ , बलेवा , जैमिनी , कुश्मिसेरा , जाने जीपहरुले क्षमता भन्दा बढी यात्रु कोचेर जोखिमपूर्ण यात्रा गराएको , रातो प्लेटका पिक अप जिपमा प्रयोजन बिपरित यात्रु बोकेको पाइएपछी नियमानुसार कारबाही गरिएको बागलुङ ट्राफिकले बताएको छ । जीप चालकहरु गत बर्षमा ट्राफिकले रकम लिने गरेको बताए तर हाल रकम नमागेको र कारबाही गरेको बताउछन ।

यस बिषयमा बागलुङ ट्राफिक सङ्ग प्रतिक्रिया लिदा “बिगतमा के गरे हाम्लाइ थाहा छैन हाम्रो कार्यकालमा नियमानुसार कारबाही हुनेछ ” भन्ने जवाफ पाइयो । ट्राफिकले कानुन बिपरित सवारी चल्न दिदा दुर्घटनाको जोखिन बढ्ने र धनजनको क्षती पुग्न जाने हुँदा हामिले नियमानुसार गरेका छौ बागलुङका ट्राफिक प्रमुख प्र ना नि मीन बहादुर कुवरले भने ।
यातायात क्षेत्रमा दन्डहिनताको कारण अराजकता बढेको छ । बेलैमा कानुन कार्यान्वयनमा तदारुकता देखाउन यातायात ब्यबसायी र राज्यका निकाय , ट्राफिक प्रहरी सबैको सकृयता आवश्यक छ । अधिकार खोज्ने तर कर्तव्य भुल्ने प्रवृत्तिले कसैलाइ फाइदा गर्दैन । जीप ब्यबसायीहरुले कानुन बमोजिम ब्यबसाय गर्ने हो भने जरिवाना र कारबाहिको चिन्ता लिनै पर्दैन । “ट्राफिक कार्यालय घेरेर होइन कानुनको दफा हेरेर ब्यबसाय गरौ “

प्रतिक्रिया दिनुहोस्