२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

बिन्ध्यबासिनी माविका शिक्षक कर्मचारीलाई सुचनाको हक सम्बन्धि प्रशिक्षण

बिन्ध्यबासिनी मावी पोखरा -१६ को आयोजनामा सूचनाको हक सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । बिध्यालयका शिक्षक ,कर्मचारी , बिध्यालय ब्यबस्थापन समिती , सिक्षक अबिभावक संघका प्रतिनिधि सहित करिब ८० जनाको सहभागीता रहेको थियो ।
१५ सय बिध्यार्थी अध्ययन गर्ने बिध्यबासिनी माविले शिक्षकहरुलाइ सुचनाको हक कार्यान्वयन बारे प्रशिक्षण गराउदा बिध्यार्थी सम्म पुग्न गै समाजलाइ सचेत र जागरुक बनाउन मद्दत गर्ने उद्देश्यले बिध्यालयका शिक्षक, कर्मचारी बिब्यस पदाधिकारीलाइ सुचनाको हक प्रशिक्षणको अभियान सुरु गरिएको प्रशिक्षक एबम सूचनाको हकका लागि जिल्ला सन्जाल कास्कीका अध्यक्ष यदुनाथ बन्जाराले बताए । देशकै अब्बल बिध्यालय बिन्ध्यबासिनी माविबाट यो अभियान सुरु गर्न पाउँदा खुसी लागेको प्रशिक्षक बन्जाराले बताए ।


प्रशिक्षण कार्यक्रममा बोल्दै बिध्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले बिध्यालयका शिक्षकहरु समाजका प्रतिनिधि पात्र र सचेत बर्गको नेत्तृत्वदायी भुमिकामा रहने भएकोले सूचनाको हक बारे प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । आफुले सिकेका कुरा बिध्यार्थी र अभिभावक सम्म पुर्याउन प्र अ आचार्यले बताए ।
प्रशिक्षण कार्यक्रमका सभाअध्यक्ष बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्दिप थापाले बिध्यालयका सम्पुर्ण शिक्षक कर्मचारीलाइ सूचनाको हक सम्बन्धि प्रशिक्षण गराउनु सचेत समाज निर्माणको आवश्यकता र बिध्यालयमा हुने असल अभ्यासको खुड्किलो भएको बताउदै आफ्नो अधिकार र कर्तव्यमा ख्याल राख्न अनुरोध गरे । बिध्यालयका सूचना अधिकारी नवीन अधिकारिले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्