कुश्मा १२ ठुलिपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक बिध्यालयमा कक्षा ७ मा अध्ययनरत एक नावालिक छात्रालाइ अश्लील हर्कत गरेको भन्दै बिध्यालयका शिक्षक अनुसन्धानमा तानिएका छन ।
मंसिर २९ गते अपरान्ह बिध्यार्थी ( छात्रा )ले स्कुल छुटेर घर गएपछी बुवा आमालाइ शिक्षकको क्रियाकलाप बारे बताएपछी घटना बाहिरिएको छ । पिडित छात्राका बुवा सन्तोष परियारले सराङ्कोटलाइ टेलिफोनमा गुनासो गरेका छन । शिक्षकले आफ्नो छोरीमाथी गरेकी अश्लील हर्कत उपर छानबिन गरि दोषी उपर कडा कारबाही हुनुपर्ने माग गरेकाछन । उनका अनुसार ती शिक्षकले यस अघि अरुलाइ पनि अश्लील गतिबिधी गर्ने गरेको आफुले थाहा पाएको हामिलाइ बताए ।
निमावि तहमा नेपाली पढाउने स्थायी शिक्षक कृष्ण लामिछने उपर यस्तो आरोप लागेको हो । छात्रा घरमा पुगेपछी घटनाको जानकारी भए लगत्तै पिडित छात्राका आफन्त सहित स्थानिय युवाहरुले आक्रोश ब्यक्त गर्दै आरोपी शिक्षक कृष्ण लामिछानेमाथी हातपात गरेको प्रतक्षदर्शी समेत रहेका बिध्यालयका प्र अ मेघनाथ आचार्यले बताए । स्थानिय्हरु एक्कासि आक्रमणमा उत्रिएका र छुट्याउन खोज्दा आफुले पनि कुटाइ खाएको प्र अ आचार्यले गुनासो गरे ।
कुटपिट र हो हल्ला भएपछी ठुलिपोखरी प्रहरी चौकीले आरोपित शिक्षक लामिछानेलाई सोमबार साझ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कुश्मा चलान गरिएको छ । घटना बारे कुश्मा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको खबर प्राप्त भएको छ । कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद तिवारीले बिध्यालयमा पुगेर बुझेपछी आवश्यक कारबाही अगाडी बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्