करिब १ बर्ष देखि पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवल इजलासली रिहाइ गर्न आदेश दिएको छ । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
रवि माथी लागेको आरोपमा तोकिएको बिगो बापत धरौटी जमानत राखेर छुट्ने छन भने पछि अदालतको अन्तिम आदेश बमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्