२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

स्याङ्जा गण्डकी यातायात प्रालिको तेस्रो अधिबेशन सम्पन्न , भानुभक्त बरालको अध्यक्षतामा नयाँ कार्यसमिती सर्बसम्मत

सार्बजनिक यातायात क्षेत्रमा सेवारत सस्था स्याङ्जा गण्डकी यातायात प्रा.लि.ले आफ्नो सातौ बर्षगाठ तथा तेस्रो अधिबेशन सम्पन्न गरेको छ । शनिबार स्याङ्जाको पुललिबजारमा सम्पन्न तेस्रोअधिबेशनले भानुभक्त बरालको अध्यक्षतामा नयाँ संचालक कमिटी सर्बसम्मत चयन गरेको छ । कम्पनिको प्रबन्ध निर्देशक महेश बहादुर थापा (गणेश) चयन भएका छन । यस्तै कम्पनी सचालक सदस्य पदमा क्रमश :दीपेन्द्र के.सि,दीपेन्द्र श्रेष्ठ,तील बहादुर थापा, धन बहादुर घर्ती ,पर्लाधजङ मरासिनी ,अमृत गुरुङ, सर्बसम्मत चयन भएकाछन । कम्पनिमा १८९ जना शेयर सदस्य रहेका छन निर्बाचित कार्यसमितिको पदावधि ३ बर्षको हुने कानुनी प्राबधान रहेको छ ।

साधारणसभा तथा अधिबेशनको उद्घाटन सम्बिधान सभाका माननीय सदस्य राजु थापाले गरेका थिए । उद्घाटन मन्तब्य दिदै थापाले भने “देशको तरल राजनितीक अबस्थालाइ आत्मसात गर्दै हरेक क्षेत्रबाट देश र जनता प्रती इमानदार भुमिका निर्बाह गर्नुपर्छ ” निजि क्षेत्रको लगानी रहेको यातायात क्षेत्रको साझा समस्या एउटै रहेकोले व्यावसायिक संघ सस्था र कम्पनिहरु एक भएर अगाडि बढ्न सुझाब दिदै राज्यले ब्यबसायीको आवाज र समस्या राज्यले सुन्नुपर्ने बताएका थिए । नवनिर्वाचित अध्यक्ष भानुभक्त बरालले स्याङ्जा गन्डकी यातायात प्रालिको सेवामा गुणस्तरीयता वृद्धि गर्दै यात्रुहरुको सन्तुस्टि र ब्यबसायी शेयर सदस्यको लगानी सुरक्षामा सुनिस्चित गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

साधारणसभामा बिशेष अतिथिमा नेपाल राष्ट्रिय यातायात व्यावसायि महासङका निबर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य , हालका बरिस्ठ उपाध्यक्ष सरोज सिटौला , ऐन कुमार साइ , स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इस्वरी प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो । भानुभक्त बरालको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन महेश बहादुर थापा (गणेश ) ले गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका यातायात ब्यबसायी कम्पनिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता जनाइ शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्