२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

रास्वपा प्रबेश गर्दै पुर्ब मन्त्री कुमार खड्का ,काङ्ग्रेसलाई धक्का !

पछिल्लो समय नेपाली काङ्ग्रेस र नेकपा एमाले ओरालो यात्रामा झर्दै गरेको जनस्तरमा व्यापक चर्चा चलेको छ । गुट र फुटको राजनितीले ग्रसित भएको यी ठुला दलका सिर्ष नेताले फरक बिचार पचाउन र सहन सक्दैनन भन्ने यो एउटा ज्वलन्त नमुना हो । कारबाहीका नाममा डाम्ने प्रवृत्तिका कारण पार्टी आफै सङ्कटमा पर्ने देखिएको छ । अन्यायपुर्ण ढङ्गबाट पाखा लगाउन खोज्ने कार्यशैलीले जनप्रिय नेता र कार्यकर्ता अन्य दलमा प्रबेश गर्ने अभियाननै चलेको छ ।
यस्तै एक नेता हुन कुमार खड्का । राजनीतिमा खारिएका बिकासप्रेमी नेताको रुपमा परिचीत खड्का नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेपछि संघ र प्रदेशका  पूर्वमन्त्री समेत काङ्ग्रेस नेता कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने निष्कर्षमा पुगेका छन् । आफ्ना सुभेच्छुकहरुको माग र राय परामर्शमा रास्वपा प्रबेश गर्न लागेको नेता खड्काले बताए ।

अघिल्लो चुनाबमा उनलाइ पार्टिले टिकट नदिएको र टिकट पाएका उम्मेदवारलाई असहयोग गरेको आरोप लगाएर खड्कालाई कांग्रेसले १ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरेको थियो ।खासगरी हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग उनको संघर्ष उत्कर्षमा पुगेको थियो । कारबहिको कारण पनि यहि बिषयलाइ लिइएको थियो ।

२०७९ को निर्वाचनपछि सक्रिय राजनीतिमा सुस्ताएका खड्कालाई असार अन्तिममा साधारण सदस्यबाटै निष्कासन गर्ने अनुशासन आयोगले निर्णय गरेको हो । कारबाही पछि उनको राजनितीक जीवन र योगदानको बारेमा चर्चा चलेको थियो । कुमार खड्काले पर्ख र हेरको नीति पनि लिएका थिए । पार्टिको माथिल्लो तहसम्म सम्बाद हुदा पनि सकारात्मक निचोड नआउनु र सुभेच्छुकहरुको अनुरोधका कारण बाटो परिवर्तन गरेको खड्का बताउछन ।

 

रास्वपा प्रबेशमा भएको उनको टर्निङ प्वाइन्टलाई चर्चाको रुपमा लिइएको छ । उनले पुषको सुरुमा रास्वपा प्रबेशको घोषणाले राष्ट्रिय राजनितीलाई तताइदिएको छ । स्थानिय , प्रदेश र राष्ट्रिय सन्चार माध्यमले उच्च प्राथमिकता दिएर समाचार छापेका छन । नेता खड्काले आगामी १९ गते शनिबार पोखरामा एक विशेष कार्यक्रमबिच रास्वपा प्रवेश भएको घोषणा गर्ने तयारी गरेका हुन् ।

उनले अरु पार्टिमा जाने बारेमा नसोचेको बताउछन । उनले भने ‘म अरू पार्टीमा जाने योजनामा थिइनँ । बरु सक्रिय राजनीतिमा नरहने कि भन्ने लागेको थियो तर पार्टीले मलाई अन्यायपूर्ण रूपमा पार्टीबाटै निष्कासन गरिदियो । बाध्य भएर मैले अर्को पार्टी रोज्नुपर्ने अवस्थामा पुगेँ ।’ “यो मेरो रहर र योजना थिएन बाध्यकारी अबस्थाको उपज हो “खड्काले भने ।

निर्वाचनका बेला अनुशासनको कारबाहीमा परेपछि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाइएको थियो । पछि केन्द्रीय नेताहरूले कारबाही फिर्ता लिने सङ्केत गरे पनि कारबाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण नगर्नू भन्ने परिपत्र गरेपछि उनको सदस्यता नै नवीकरण भएको छैन । पार्टिले नीति भन्दा अरुको दवाब र प्रभावलाइ प्राथमिकतामा राखेको एक नमुना हो यो जसले पार्टिलाइ कमजोर बनाउछ ।

‘कांग्रेसले मलाई निर्वाचनमा भाग लिन नपाउने र महाधिवेशनमा जान पनि नपाउने बनाइदियो,’ खड्काले भने, ‘मैले कांग्रेस छोडेको होइन, काँग्रेसले मलाई छोड्यो । यत्रो अन्याय भएपछि अब जहाँ सम्मान हुन्छ, त्यहाँ जानुपर्छ भन्ने निर्णयमा पुगेको हुँ ।’

उनले रास्वपा जानुअघि कांग्रेस सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूसँग संवाद पनि गरेका थिए । आफ्नो कारबाही फुकुवा गर्न र काम गर्ने वातावरण बनाउन आग्रह गरे पनि नेतृत्वले कुनै चासो नदिएपछी आफू बाध्य भएर बिकल्प खोज्न बाध्य भएको बताए ।

कुमार खड्का रास्वपा प्रबेश गरेका उनले केन्द्रमा भन्दा आफ्नै प्रदेशमा लागिपर्ने बताएकाछन । उनले आफूलाई केन्द्रीय संसद् वा सङ्घीय राजनीतिमा रुचि नरहेको प्रस्ट पारेका छन् । ‘मैले रास्वपाका साथीहरूलाई पनि भनिसकेको छु, मलाई केन्द्रमा जानु छैन । मेरो रुचि र अनुभव प्रदेशकै राजनीतिमा छ । भोलि पार्टीले पत्यायो भने म गण्डकी प्रदेशकै राजनीतिमा सक्रिय हुनेछु,’ उनले थपे, ‘त्यसबाहेक मलाई यो पद दिनू भनेको छैन । पार्टिले मलाई जहाँ उपयुक्त लाग्छ त्यही जिम्मेवारी दिनुहुन्छ ।’

उनी राजनितिका पुराना र अनुभवी र आदर्शपात्र मानिन्छन । जिल्ला र आफ्नो क्षेत्रको बिकासको लागि केन्द्रबाट ठुला योजनाको लागि बजेट ल्याउन सक्ने हैसियत राख्छन भन्ने कुरा उनले प्रदेशका भौतिक पुर्बाधार मन्त्री भएका बखत गरेको काम बाट पुष्टि गराएको छ । उनी कास्कीको राजनीतिमा निकै प्रभावशाली मानिन्थे । कांग्रेसमा छिर्नुअघि उनी अखण्ड नेपाल पार्टीको अध्यक्ष थिए । सङ्घीयतापछि उक्त पार्टी काँग्रेसमा विलय गराएका हुन् । खड्का अखण्डमै हुँदा केन्द्रमा महिला बालबालिका मन्त्री बनेका थिए भने प्रदेशमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । गएको अधिबेशनमा महामन्त्रीमा झिनो मतले हारेका थिए ।
कुमार खड्काले नेपाली काङ्ग्रेस पार्टी परिवर्तन गरि राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रबेश गर्ने बिषयमा विभिन्न तर्क बितर्क भैरहेका छन । पछि उदाएको रास्वपाले देशब्यापी माहोल बनाइरहेका बेला उनको प्रबेशलाइ चासोका साथ हेरिएको छ । १९ गते सभागृहमा हुने पार्टी प्रबेश कार्यक्रममा केन्द्रिय नेताहरु आउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्