२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गुरुङले कोषाध्यक्ष थापालाई कुटे ! मन्त्रीले मिलाए !

सरकारी नियुक्तिमा दलिय भगाबन्डा गरिदा त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा बुझ्न कास्की जिल्ला खेलकुद बिकास समितिलाइ हेरे पुग्छ । काङ्ग्रेस कोटाबाट मनोनित अध्यक्ष मिलन गुरुङ र कोषाध्यक्ष बिग्नेष थापा बीचको बिबाद एउटा नमुना प्रकरण बनेर बाहिर छताछुल्ल भएको छ ।
पुष ६ गते जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङले आफ्नै कोषाध्यक्ष बिग्नेष थापा माथी हातपात गरेको कुरा प्रहरी सम्म पुगेपछी यो कुरा बाहिरिएको हो । घटना विवरण अनुसार पुस ६ गते मध्यान्हमा खेलकुद बिकास समिती कार्यालयका कार्यालय प्रमुखको कोठामा बसिरहेका कोषाध्यक्ष बिग्नेष थापालाइ अध्यक्ष मिलन गुरुङले लछारपछार गर्दै घिसारेर आफ्नो कोठामा लगेर हातपात गर्दै धम्की दिएको बिग्नेष थापाले गुनासो गरे । आफ्नै अध्यक्षबाट असुरक्षित बनेको महसुस भएपछी आफुले प्रहरिलाइ खबर गरेको बताए । म माथी आक्रमण हुदा अग्रजहरु हिमाल गुरुङ , मीन गुरुङ ,दिलिप गुरुङ , सिद्धान्त अधिकारी लगाएतले देखेको कोषाध्यक्ष थापाले बताए ।

 

दुर्ब्यबहार प्रकरण रामबजार प्रहरिमा पुग्यो । रामबजार  प्रहरी इन्चार्जले दुबै पक्ष मिलेपछी अध्यक्ष गुरुङलाइ छोडिएको पुस्टि गरे ।  प्रहरिमा पुगेपछी आफुलाइ मनोनीत गर्ने तालुक मन्त्री बिन्दुकुमार थापा र अग्रज दाइहरु सुनिल गुरुङ , देवेन्द्र सेरचन लगायतले जाहेरी नदिन र मिल्न दवाब दिएपछी आफू बाध्य भएर मिलाप गरेको थापा बताउछन् थापा । किन आक्रमण गरेको त भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष मिलनले भने ” सस्थालाइ असहयोग गरे , बैठकमा आएनन , कर्मचारीलाइ तलब खुवाउन नपाए पछि बिबाद भएको हो ।” प्रहरिमै पुगेको यस बिषयमा कोषाध्यक्ष बिग्नेष थापा भन्छन “आफुले पारदर्शीता र नियम खोज्दा अध्यक्षलाई गार्हो परेको र कोषाध्यक्षलाई तनाब दिएर हटाउने नियतले म माथी आक्रमण गरेको हो । ” तत्काललाई बिबाद मेलमिलापमा टुङ्गिएपनी सुरक्षा चिन्ता भने कायमै रहेको थापाको भनाइ रहेको छ । अध्यक्ष मिलन गुरुङ यस बिषयमा थप बोल्न चाहेनन उनले फोन काटे ।

 

सराकारी नियुक्तिमा पार्टिका कार्यकर्ता भागबन्डामा नियुक्त गरिदा खेल क्षेत्रले अपेक्षाकृत प्रगती गर्ने आशा मर्दै गएको छ । जिल्ला खेलकुद बिकास समिति कास्किमा अध्यक्ष मिलन गुरुङ र कोषाध्यक्ष बिग्नेश थापा काङ्ग्रेसको भागमा नितुक्त भएका कार्यकर्ता हुन भने उपाध्यक्ष तिलक अधिकारी र सचिब अन्जु क्षेत्री एमालेको भागबन्डामा परि नियुक्ति पाएका कार्यकर्ता हुन । जसको सत्ता उसकै भागबन्डा गर्ने पद्दती बसालेर नियुक्ति गरिदा पनि यस्तो कलहको सृजना हुनुलाइ किमार्थ राम्रो मान्न सकिन्न । सामाजिक सद्भाव र अनुशासनको पर्याय मानिने खेल क्षेत्रलाइ दलको कृडास्थल र द्वन्दको चपेटामा पारिन्छ भने खेल क्षेत्रको बिकास कसरी होला ?

प्रतिक्रिया दिनुहोस्