बैक जसले पैसा किनबेचको कारोबार गर्छ , पैसाकै कारोबार गर्ने बैकहरु आफै घाटामा जान्छन भने फाइदा के मा होला ? यो आम नागरिकमा छाएको जिज्ञासा हो । हो नेपालका २० वटा कमर्सियल बैक मध्य ६ वटा बैकले घाटा ब्यहोर्न बाध्य पारिएकाछन ।
छ वटा बैकहरुको लेखापरीक्षण प्रतिबेदन अनुसार कुनारी बैक , प्रभु बैक , एन आइ एम बि बैक , हिमालयन बैंक र नेपाल बैक लिले घाटा ब्यहोरेको जनाउँदै शेयरधानिलाइ लाभांश नदिने भएका छन । ती बैकहरुले लाभांश दिन नमिल्ने अबस्थाको जानकारी गराइसकेका छन । प्रक्रिया अनुसार ती बैकहरुले राष्ट्र बैकबाट लेखापरीक्षण स्वीकृत गर्ने र त्यसपछी बैकको साधारणसभाबाट अनुमोदन गराउनुपर्नेछ । एन आइ सि एसिया बैक पनि लाभांश दिन नसक्ने सुचिमा परेको छ तर त्यसको घोषणा हुन बाकी छ । यो बर्ष यी बैकहरुले नाफा कमाउन सकेको छैनन । ३ बर्ष सम्म नाफा आर्जन गर्न सकेनन भने त्यस्ता बैकलाइ राम्रो मानिन्न ।
यस्तै यो बर्ष नाफा कमाउने बैकहरुको शिर्ष सुचिमा एभरेस्ट बैक परेको छ । उसले आफ्ना शेयर धनिलाइ २० प्रतिशत लाभांश दिने भएको छ । दोस्रोमा स्ट्यान्डर्ड चार्टेड बैक परेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैकले १९ प्रतिशत लाभांश बाढ्ने भएको छ भने कृषि बिकास बैकले १३ प्रतिशत र लक्ष्मी सनराइज बैकले १० प्रतिशत लाभांश दिने भएका छन ।
बैकले घाटा ब्यहोर्नुको मुख्य कारण गैरबैकिङ सम्पती बढ्नुलाइ लिइएको छ । बैकले धितोमा गरेको ॠण लगानी नउठेका कारण धितो जग्गा र सवारीसाधन बैकको नाममा आउनुलाइ गैर बैकिङ सम्पती बढेको मानिन्छ । गैर-बैकिङ सम्पतिलाइ आम्दानी नमानिने भएका कारण नाफाको दायरा प्रभावित हुन जान्छ । बकिङ क्षेत्रमा यसलाइ राम्रो मानिन्न ।

प्रतिक्रिया दिनुहोस्