२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

कास्की प्रशासन बाट एकै घरका तीन जनालाइ आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

नेपाल सरकारले बनाएको ससोधित नेपाली  नागरिकता कानुनको कार्य कास्किमा प्रभावकारी कार्यान्वयनमा आएको छ । २०८२/०९/२० गते जिल्ला प्रशासन कार्यालय कास्किले अन्नपूर्ण गाउपालिकाका ३ जनालाइ एकै पटक आमाको नामबाट बशजको नागरिकता प्रदान गरेको छ ।
अन्नपूर्ण गाउँपालिका ०८ दाङ्सिङकि स्थायी वासिन्दा निरुता नेपालीका सन्तान (२ छोरा र १ छोरी) क्रमश: सुजन नेपाली, दिनेश नेपाली र सुस्मिता नेपालीलाई आमाको नामबाट बशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्किका सहायक प्रजिअ चित्राङ्ग बरालले आमाको रोहबरमा तीनै जनालाइ नागरिकता प्रदान गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकामा मिति २०८२ मंसिर १२ गते सञ्चालित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा कास्किका प्रजिअ रुद्रादेवी शर्मा सहितको टोलि पुग्दा निज निरुता नेपालीको सन्तानको जन्मदर्ता प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिमा समस्या भएको भनि गुनासो गरेकिथिइन । प्रतक्ष गुनासो सुनेपछी प्रजिअ शर्माले पालिकाका कर्मचारी र वडा अध्यक्षलाई तत्काल समन्वय गरेर पहल अगाडि बढाउन निर्देशन दिएकिथिइन । ४ छोराछोरिको आमा निरुता नेपालीको समस्या पहिचान भए पश्चात सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा निजहरुको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरी उक्त समस्याको समधानको गरिएको हो थियो ।


हाल   ४ बच्चाकि आमा निरुता नेपालीको काम गर्ने क्रममा २०५३ सालतिर  नेपालको पूर्व खोटाङ घर बताउने विक्रम राईसँग सम्बन्ध कायम भई निज सन्तानहरुको जन्म भएकोमा विक्रम राई श्रीमति र ४ सन्तानलाई छाडी वेपत्ता भएपश्चात निजहरुको बाबुको पहिचान हुनै कुनै कागजात र प्रमाण पेश हुन नसक्दा समस्यामा परेको सराङ्कोटसङ्गको भेटमा उनिहरुले बताएका थिए । निरुता नेपालिका अनुसार उनी १४ बर्ष हुदा दुइ बीच प्रेम सम्बन्ध भै बिबाह हुन गएको थियो । स्थानीय तह (अन्नपूर्ण गाउँपालिका वडा नं ०८) बाट गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडा मुचुल्का, प्रहरी मुचुल्का समेतका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिमका बुझ्नु पर्ने प्रमाण र तथ्य बुझी आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।


कास्की प्रशासनको सकृयताले नेपाली भइकन पनि अनागरिक बन्न परेका ३ जना भुइ मान्छेहरुले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन । कार्तिक १९गते देखिनै भौतारिएर नागरिकता लिने पहलमा हिडेको भएपनी प्रजिअको सकृयता र स्थानिय तह र प्रहरी प्रशासनको सहयोगमा नागरिकता पाउन सफल भएकाछन । नागरिकता प्राप्त गरेका सुजन , दिनेश र सुस्मिता नेपालीले खुसीको आँसु गहभरी पार्दै भने  “अब हाम्रो बाटो खुल्यो “

प्रतिक्रिया दिनुहोस्