नेपालमा आगमी फागुन २१ गते हुने आम चुनाबको सरगर्मी ह्वात्तै चुलिएको छ । काङ्ग्रेस एमाले चुनाबबाट भाग्न जस्केलो खोजिरहेपनी पाएका छैनन । रास्वपाले नयाँ र युवाशक्तिलाइ एकीकृत गरेपछी पुराना दल काङ्ग्रेस एमाले र नेकपा गठबन्धनको तयारीमा जुटेका छन ।
यसै क्रममा माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाको चुनाबमा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो ।
तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका थिए ।
खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसले तालमेल गर्न आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा गराएको जानकारी दिइन् ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबिच तालमेलका लागि कुराकानी भइरहेको छ । कांग्रेसबाट खड्का र नेताहरूले अन्य दलसँग छलफल गरिरहेका छन् । दलहरूबिच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय लगभग टुङ्गिएको छ । जसमा एमालेलाइ ७ , काङ्ग्रेसलाई ७ , नेपाली कम्युनिस्ट पार्टिलाइ ३ र अरु च्याखे दाउ हानेर सहयोग गर्नेलाइ १ सिट दिने सहमती गरेकाछन । यो भागबन्डा आगामी आम चुनाबलाइ लक्षित गरि तय गरिएको बुझिएको छ । काङ्ग्रेसले पाएको ७ सिटबाट अन्तर गुटेहरुलाइ ४:३ अनुपातमा भागबण्डा लगाउने भएकाछन । शेखरले यसलाइ सफलता भनेर मख्ख परेकाछन ।
१८ सिटको लागि हुने चुनाबमा एमाले ,काङ्ग्रेस र नेकपा मिल्ने तयारीमा छन । फागुन २१ को आम चुनाबमा हुने गठबन्धनको यो सङ्केत हो । जसरी हुन्छ रास्वपा हराउन नया फन्डा तयार गर्न पुराना शक्ति सक्रिय देखिएका छन । पुराना दलले चुनाबलाइ गठबन्धन गर्दा त्यसबाट जाने परिणाम झन भयावह हुने राजनीतिक बिश्लेषक हरु बताउछन । अस्तित्वको सङ्कट टार्न जे गर्न पनि काङ्ग्रेस एमाले तयार हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्