यदुनाथ बन्जारा /पोखरा
करिब डेढ दशक अघि पोखरा महानगरपालिकाले पोखरालाइ कालो प्लास्टिक निषेधित क्षेत्र घोषणा गरि कार्यान्वयनमा ल्याएको थियो । तत्कालीन पोखरा उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य र बाताबरणिय पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने लक्षका साथ पोखरालाइ कालो प्लाष्टीक निषेधित क्षेत्र बनाएको थियो जुन आजसम्म पनि कार्यान्वयनमै रहेको छ ।
स्थानीय सरकारले ल्याएको कानुन पालिका परिधिभित्र लागू हुने गर्छ । बन तथा बाताबरण मन्त्रालयको अन्वेषण र राय अनुसार ल्याइएको यो कानुनी ब्यबस्था नेपाल भरी चर्चाको बिषय बनेको थियो । पोखराले लागू गरेपछी अन्य केही पालिकाहरुले पनि कालो प्लास्टिक निषेध अभियान चलाएका थिए । राम्रो कामको सिको गरेको बिषयलाइ सकारात्मक अभ्यासको रुपमा लिइएको छ ।
पोखरा महानगरपालिकाले कालो प्लास्टिक निषेध अभियान चलाइरहदा गण्डकी प्रदेश सरकारले त्यसको अवज्ञा गरेको पाइएको छ । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको राष्ट्रिय सूचना आयोगको स्थापना दिवसमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाइ कालो प्लेटमा प्याकिङ गरिएको खाजा खुवाइएपछी स्वास्थ र बाताबरणका जानकार बिज्ञहरुले चिन्ता ब्यक्त गर्दै प्रश्न उठाएका थिए ।
कालो प्लास्टिकको प्लेटमा खाजा सप्लायर्स डेडि किचन
हामिले खोजतलास गर्दा कार्यक्रममा डेडि किचन मुस्ताङचोकबाट ल्याइएको खाजा सहभागीहरुलाई बितरण गरिएको थियो । खाजामा चनाको तातो तरकार , ब्राउन ब्रेड र केही सलाद राखिएको थियो । ३५० रुपैयाँ प्रती प्लेटको खाजा (तस्वीरमा भएको ) कालो प्लेटमा प्याकिङ गरेर लगिएको थियो । डेडि किचनका सन्चालकका अनुसार प्लास्टिक प्लेटको ३५ रुपैयाँ लिइएको थियो भने खाजा ३१५ रुपैया गरि प्रती प्लेटको ३५० रुपैया लिने दिने सहमति भएको थियो । पोखरामा निशेधित कालो प्लास्टिकको प्लेटमा तातो खाजा कतिको स्वस्थ्यकर हुन्छ त भन्ने हाम्रो जिज्ञासामा किचनका सन्चालकले जवाफ दिन मानेनन ।

मुख्यमन्त्री कार्यालयले खुवाएको ३५० रुपैयाँको खाजा
यस बारेमा बातावरण क्षेत्रका बिज्ञहरु कालो प्लास्टिकको प्लेटमा तातो खाध्य पदार्थ राख्नु उपयुक्त नहुने बताउछन । बाताबरणको क्षेत्रमा लामो अनुभव संगालेका बाताबरणबिद डाक्टर अनिल सुवेदी प्लास्टिकको भाडोमा खाध्य पद्दार्थ राख्नु उपयुक्त नहुने बताउछन । तातो पद्दार्थ झन राख्नु झन हानिकारक हुने डाक्टर सुवेदी बताउछन । प्लास्टिकमा तातो मिसिदा सङ्क्रमण हुन गै खाने कुरा जहरिलो हुनजाने उनको दाबी रहेको छ ।
पोखरा महानगरपालिका बाताबरण शाखा सँग हामीले कालो प्लास्टिकको प्लेट प्रयोग भैरहेको बारे जानकारी लिन खोज्दा अनभिज्ञता जनाएका थिए । अनुगमन र नियमन गर्ने निकायले यस बारेमा चासो नराख्ने हो भने नागरिकको स्वास्थ्य र बाताबरणको बचाउ कसले गर्ने ? मुख्यमन्त्री कार्यालयले खुवाएको खाजा नै दिग्मिक मानेर डराइ डराउ खानुपर्छ भन्ने अन्य निकाय कार्यालयको हालत के होला ? कालो प्लास्टिकका प्लेटमा खाजा खाना खानु हुन्छ कि हुन्न राज्यले परिक्षण गरेर स्पस्ट पार्न आवश्यक छ ।
कालो प्लास्टिक प्लेटको बारेमा कृषि तथा बाताबरण बिद् डा. अनिल सुवेदी यसो भन्छनः
कालो प्लास्टिक प्लेटले वातावरणीय र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्दछ।
कालो प्लास्टिक प्लेट र भाँडाकुँडाहरू देख्न आकर्षक, सस्ता र हलुका भए पनि मानव स्वास्थ्य र वातावरण दुवैका लागि गम्भीर जोखिम बोकेका हुन्छन्।
१) मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर
– विषालु रसायनको जोखिम ः धेरै कालो प्लास्टिक प्रायः पुनःप्रयोग गरिएका (recycled) इलेक्ट्रोनिक फोहोरबाट बनाइएका हुन्छन्। यस्ता प्लेटमाः
– – Brominated flame retardants (BFRs) Heavy metals (सीसा, क्याड्मियम आदि) जस्ता विषालु तत्व मिसिएका हुन्छन् ।
– तातो खाना राख्दा वा माइक्रोवेभमा तताउँदा यी रसायन खानामा घुल्ने जोखिम बढ्छ। यसबाट बिस्तारै माइक्रोप्लास्टिकका साना साना कणहरू निस्कने खतरा हुन्छ र ती कण खाना सँगै शरीरभित्र प्रवेश गर्छन् जसले पाचन प्रणाली, हर्मोन सन्तुलन, र दीर्घकालमा क्यान्सरको जोखिम बढाउन सक्छ।
– यदि कालो प्लास्टिक उच्च तापमा प्रयोग भएमा असुरक्षित हुन्छन् । यदि यसमा तातो र तेलयुक्त खाना राखेमा वा माइक्रोवेभमा तताएमा सुरक्षित हुँदैनन्।
– यसले एन्डोक्राइन प्रणालीमा असर (हर्मोन गडबडी) पु¥याउन सक्छ।
२) वातावरणमा पर्ने नकारात्मक असरहरूः
– कालो प्लास्टिकलाई धेरै रिसाइकल मेसिनले रिसाईकलिन गर्न सक्दैनन्।
त्यसैले ल्यान्डफिल वा खुला फोहोरकै रूपमा फालिन्छन् र वातावरणलाई असर पर्दछ।
– फोहोरको मात्रा बढ्छ, दीर्घकालीन प्रदूषण हुन्छ।
– जैविक रूपमा नष्ट नहुने ः कालो प्लास्टिक सयौं वर्षसम्म नबिग्रिने, माटो र पानीमा माइक्रोप्लास्टिक फैलने हुन्छ।
– यसले माटोको उर्वराशक्ति, पानीका जीव, र खाद्य श्रृंखलामा असर पु¥याउँछ।
यो जलाउँदा विषालु धुँवा निस्किन्छ।
– नेपालजस्ता ठाउँमा प्लास्टिक फोहोर जलाउने चलन हुँदा यसबाट डाइअक्सिन, फ्युरान जस्ता अत्यन्त विषालु ग्यास निस्कन्छन्।
– हावा प्रदूषण र श्वासप्रश्वास रोग बढ्छ
– यसलाई विशेष गरी बालबालिका, वृद्ध, र बिरामीका लागि प्लास्टिकभन्दा टाढा राख्न निकै जरुरी हुन्छ ।



प्रतिक्रिया दिनुहोस्