२०८२ फाल्गुन २०
०६१४४५०००, ९८५६०३३३९१

स्याङ्जा २ मा रास्वपाबाट टिकट पाउन र जित्नेमा ढुक्क छन झबिलाल डुम्रे

नेपाल र नेपालिहरुको भविष्य लेख्ने दिन आम चुनाब सङ्हारमा आइरहदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सङ्गठन विभाग सदस्य तथा गण्डकी प्रदेशका पूर्व इन्चार्ज झविलाल डुम्रेले आगामी निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा आकाङ्क्षा व्यक्त गरेका छन  ।

       झबिलाल डुम्रे लामो समयदेखि राजनीतिलाई नजिकबाट नियाल्दै आएका डुम्रेले गाउँ-बस्तीका आमाबुबा, युवा र दिदीबहिनीहरूको तीव्र चाहना र आग्रहलाई कदर गर्दै आफूले चुनावी मैदानमा उत्रिने निर्णय गरेको गरेकाछन  । उम्मेदवारी घोषणा गर्दै डुम्रेले भने , “अहिलेसम्म म राजनीतिलाई टाढैबाट नियाल्दै आएको थिएँ, तर जब गाउँका आमाबुबाहरूले काम गर्ने मान्छे खोज्नुभयो र युवाहरूले आफ्नो भविष्यप्रति चिन्ता व्यक्त गरे , तब मैले चुनावी मैदानमा आउने अठोट गरें । हामीलाई अब बोल्ने मात्र होइन, जनताको कुरा सुन्ने र साथ दिने प्रतिनिधि चाहिएको छ ।”

को हुन् झविलाल डुम्रे?

स्याङ्जाको वालिङ-१४ स्थायी ठेगाना भएका डुम्रे रास्वपाको स्थापना कालदेखि नै पार्टी निर्माणमा सक्रिय हुनुहुन्छ। पोखरालाई कर्मथलो बनाएर एक सफल व्यवसायीका रूपमा पहिचान बनाउनुभएका उहाँले ग्रामीण विकास (Rural Development) विषयमा स्नातकोत्तर गरेका छन। रास्वपाको गण्डकी प्रदेश विस्तारमा अतुलनीय भूमिका खेल्नुभएका डुम्रे हाल केन्द्रीय सङ्गठन विभागमा रहेर काम गरिरहेका छन।

         डुम्रेले आफ्नो उम्मेदवारी पद वा प्रतिष्ठाका लागि नभई स्याङ्जा-२ लाई “उन्नत, समुन्नत र आत्मनिर्भर” बनाउनका लागि भएको स्पष्ट पारेकाछन । उनले प्रस्तुत गरेका  मुख्य प्राथमिकताहरू अघि सारेका छन्: उनले    पूर्वाधार विकास: सिद्धार्थ राजमार्ग र ग्रामीण सडक सञ्जालको सुदृढीकरण ,स्थानीय सम्भावना: आँधिखोला ड्याम, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जना । गुणस्तरीय शिक्षा, स्वास्थ्य र न्यायपूर्ण खानेपानी तथा बिजुली वितरण । कृषि: किसानको पसिनाको उचित मूल्य र सम्मानको मुल मुद्दा उठाएकाछन ।

“भिरकोटको ढुङ्गामय बाटोले मलाई धैर्य सिकाएको छ, वालिङको विविधताले सहिष्णुता, गल्याङको सम्भावनाले आशा, कालीगण्डकीको प्रवाहले ऊर्जा र चापाकोटको माटोले मलाई आत्मीयता दिएको छ । यही शक्ति लिएर म स्याङ्जाको आवाज केन्द्रसम्म निर्भीक रूपमा पुर्‍याउने जनसेवक बन्नेछु ।” भन्दै आकाङ्क्षी डुम्रेले प्रत्यक्ष चुनिने अविलाषा ब्यक्त गरेकाछन ।
डुम्रे रास्वपाभित्र बलियो पकड भएका र बौद्धिक र लोकप्रिय  छविका रूपमा चिनिन्छन ।

प्रतिक्रिया दिनुहोस्