नेपालमा फागुन २१ गते हुने आम चुनावको सरगर्मी ह्वात्तै बढेको छ । यसै क्रममा पोखराको दक्षिणी सिमाना जोडिएको स्याङ्जा जिल्लाले छुट्टै चर्चा पाएको छ । २०६४ सालको चुनावमा झापा जिल्लाबाट एमाले नेता केपि ओलीले समेत चुनाव हार्दा स्याङ्जामा भने पुराना दलको बिरासत तोडिएको थिएन । तर यसपटक चुनावले भने फरक नतिजा दिने उम्मेदवारहरुले दावी गरेकाछन ।
यस्तै दावी गर्ने हिम्मत स्याङ्जाका युवा उम्मेदवार झबिलाल डुम्रेले गरेकाछन । पछिल्लो समय नेपालको राजनीतिमा युवा र प्राविधिक दक्ष जनशक्तिको आकर्षण बढ्दो छ। यही लहरका बीच स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा एक जुझारू र प्रविधिमैत्री युवाको नाम चर्चामा छन डुम्रे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३३ वर्षीय डुम्रे, ग्रामीण भेगको समस्या बुझेका र समाधानका लागि स्पष्ट खाका भएका उम्मेदवारका रूपमा चिनिन्छन्।
समाजशास्त्रदेखि प्रविधिसम्म
डुम्रेको शैक्षिक यात्रा निकै विविधतापूर्ण छ। उनले मानवशास्त्र तथा समाजशास्त्रमा स्नातक (Bachelor’s Degree) र ग्रामीण विकासमा स्नातकोत्तर (Master’s Degree) हासिल गरेका छन्। समाजको संरचना र ग्रामीण विकासको मर्म बुझेका डुम्रे केवल किताबी ज्ञानमा मात्र सीमित छैनन्। उनले सूचना प्रविधि (IT) क्षेत्रमा विभिन्न प्राविधिक तथा इन्जिनियरिङ सम्बन्धी व्यावसायिक कोर्षहरू समेत पूरा गरेका छन्। गाउँ गाउँमा ईन्टरनेट जोडेर नागरिकलाइ सुसुचित गर्दै आएका डुम्रे आफ्नो चुनाबी क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्लाका घरघरले चिनेका पात्र झबिलालले आफ्नो जीवन राजनीति मार्फत सेवामा समर्पण गर्ने बताउछन ।
झबिलाल डुम्रेको पहिचान केवल एउटा राजनीतिकर्मी मात्र होइन, उनी एक सफल ‘आईटी टेक्निसियन’ पनि हुन्। नेपालका विकट ग्रामीण क्षेत्रहरूलाई वायरलेस कनेक्सन (Wireless Connection) मार्फत विश्वसँग जोड्ने काममा उनको विशेष विज्ञता र लामो अनुभव छ।
स्याङ्जा लगायत आसपासका धेरै जिल्लाका अप्ठ्यारा डाँडाकाँडाहरूमा पुगेर उनले सूचनाको पहुँच विस्तार गरेका छन्। गाउँ-गाउँमा इन्टरनेट पुर्याउँदा भोग्नुपरेका भौगोलिक चुनौती र ग्रामीण जनताका आधारभूत आवश्यकतालाई उनले नजिकबाट महसुस गरेका छन
नेपालको ठूलो हिस्सा ग्रामीण भूगोलले ओगटेको छ। डुम्रेको तर्क छ कि, जबसम्म ग्रामीण विकासको सही मोडल नीति निर्माण तहमा पुग्दैन, तबसम्म देशको समग्र विकास सम्भव नभएको बताउछन ।
पुरानो राजनीतिक शैलीभन्दा फरक, पूर्ण इमान्दारिताका साथ जनताको सेवा गर्ने संकल्प उनले गरेका छन्। उनले अरुलाइ गाली नगरी , तितो नपोखिकन आफ्नो प्रचारमा उत्रिएकाछन ।
जनताले
स्याङ्जा-२ मा यसपटकको प्रतिस्पर्धा रोचक बनाउने उनको ठहर छ । उनी भन्छन जनतामा परिवर्तनको हुटहुटी र नया नेपालको ढुकढुकी देखिन्छ। एकातिर पुराना राजनीतिक दलका स्थापित अनुहारहरू छन् भने अर्कोतर्फ प्रविधि र विकासको एजेन्डा बोकेका युवाहरू। राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उनले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई सम्पूर्ण ग्रामीण नेपालको उत्थानका लागि भएको दाबी गरेका छन्।
गाउँको भूगोल बुझेको, हातमा प्रविधि भएको र मनमा इमान्दारिता बोकेको युवाले बाजी मार्ला या पुरानै विरासत कायम रहला? यसको फैसला अब स्याङ्जाली जनताको हातमा रहेको डुम्रे बताउछन । आफ्ना प्रतिस्पर्धिसङ्ग स्वस्थ्य प्रतिष्पर्धा गरेर परिवर्तनको एजेन्डा लिएर चुनाव जित्नेमा ढुक्क छन डुम्रे । स्याङ्जा २ मा खुलेका मतदाता र नखुलेका तर मनमा लिएकाहरुको हातमा छ स्याङ्जालिको भविष्य ।

प्रतिक्रिया दिनुहोस्