२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१

सामुदायिक बिध्यालयमा अब्बल अमरसिंह मावि एकै बर्षमा ३९ ले पाए उच्च शिक्षामा छात्रवृत्ति प

गरे नहुने केही छैन भन्ने कुरा पोखराको अमरसिंह माविले पुष्टि गरेको छ । सरकारी लगानिका अधिकास सामुदायिक बिध्यालयहरु घाम तापेर जागिर खाने अखडाका रुपमा चलिरहेका बेला पोखराको अमरसिंह माविले उत्कृष्ट शैक्षिक गुणस्तरको पहिचान बनाएको छ ।
अमरसिंह माविबाट गत बर्ष १२ कक्षा पास गरेकाहरु मध्य ३९ जनाले उच्च शिक्षा अध्यनका लागि निशुल्क छात्रवृत्ति पाएका छन । सरकारले लिने छात्रवृत्ति परिक्षामा उनिहरुले यस्तो सफलता हासिल गरेका हुन ।
चिकित्सा शिक्षा आयोगबाट लिइएको छात्रवृत्ति परिक्षामा सामेल भएका मध्य ८ जनाले एमबीबीएस अध्यनको पुर्ण छात्रवृत्ति पाएका छन । यस्तै सोहो परिक्षाबाट बि एस सि नर्शिङमा ५ जनाले छात्रवृत्ति पाएका छन भने बिडिएस लगाएत पारामेडिक्स शिक्षामा समेत छात्रवृत्ति पाएका छन । इन्जिनियर तर्फको परीक्षा दिई १६ जनाले निशुल्क छात्रवृत्ति पाएका छन । एक बर्षमा भएको यो उपलब्धिले अमरसिंह माबिको शैक्षिक उपलब्धिलाई देश भरी चिनाएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले खुसी ब्यक्त गर्दै भने “यो उपलब्धि मेहनती शिक्षक , लगनशिल बिध्यार्थी र चेतनसिल अभिभावकको योगदान हो ”
अमरसिंह माविमा डाक्टर नगेन्द्र भन्डारी (अङ्ग्रेजी ),डाक्टर लेखनाथ खनाल (बिज्ञान ), डाक्टर बद्री प्रसाद पङ्गेनी ( गणित ), झपिन्द्र अधिकारी (बिज्ञान ) बिषय अध्यापन गर्दै आएकाछन । अनुभवी र बिज्ञ शिक्षकको अध्यापनका कारण अमरसिंह माविले गुणस्तरीय शिक्षामा योगदान गर्न सफल भएको बिध्यालयका प्रधानाध्यापक बलराम पोखरेलले बताए । छात्रवृत्ति प्राप्त गर्न सफल बिध्यार्थिहरुलाइ पोखरा महानगर शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले नगद सहित सम्मान गरेका थिए ।
अमरसिंह माविको शैक्षिक उपलब्धिले सरकारको इज्जत धानेको छ । पोखराका सबै बिध्यालयले यहि तहको नतिजा हासिल गर्ने हो भने बल्ल राज्यको लगानिको प्रतिफल पाउने निस्चित छ । स्मरणीय छ पोखरा महानगर भित्रका कतिपय बिध्यालय बिध्यार्थी बिहिन बन्न पुगेका छन । शिक्षक र ब्यबस्थापन पक्षले अमरसिंह माविबाट केही अनुकरण गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्