२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१

पोखरामा हेल्दी होमको सेवा बिस्तार , हाइड्रा फेसियल र बिसिए स्क्यानरको सेवा लन्चिङ

पर्यटकिय राजधानी सहर पोखरामा स्वास्थ्य र सुन्दरतालाइ जोडेर नयाँ सेवा बिस्तारको शुभारम्भ गरिएको छ । सोमबार आयोजित एक औपचारिक कार्यक्रमका बीच नयाँ सेवा बिस्तारको घोषणा गर्दै नयाँ प्रबिधी जडित उपकरण र सेवाको बारेमा जानकारी गराइएको थियो ।
पोखराको न्युरोड्मा रहेको हेल्दी होमले एक दशक अघि देखि सन्चालन गर्दै आएको क्लिनिकमा छाला रोग विशेषज्ञ डाक्टर शर्मिला त्रिपाठिले आधुनिक उपकरण सहितको नयाँ सेवा बिस्तार कार्यको शुभारम्भ गरेकिथिइन । बिस्तारित सेवाको उद्घाटन गर्दै डाक्टर त्रिपाठिले स्वास्थता र सुन्दरता समयको माग रहेको बताउदै क्लिनिकले पोखरेलिको मागलाइ पूरा गर्ने बताइन । काठमाडौमा रहेको बिसिए मेसिन र हाइड्रा फेसिएलको गुणस्तरीय प्रबिधी पोखरामा भित्र्याएर पोखरेलिको मन जितेको भन्दै डाक्टर त्रिपाठिले खुसी ब्यक्त गरिन ।


स्वस्थ्य र सुन्दरता एक अर्काको परिपुरक बिषय भएको तर स्किन परिक्षण गरेर मात्र ट्रीट्मेन्ट गर्न उनले सुझाव दिइन । हेल्दि होम्सले सोमबार देखि स्किन परिक्षणको बहिरङ्ग सेवा सुरु गरेकिछन । यो सेवा आवश्यकता अनुसार नियमित उपलब्ध हुने हेल्दी होम्सका प्रबन्ध निर्देशक भगवती भट्टराईले बताइन ।
हेल्दी होम्स महिला उध्यमी भगवती भट्टराईले सन्चालनमा ल्याएकी हुन । हाल १० जनालाइ एकैपटक सेवा दिन सकिनेगरि ब्यबस्थापन गरिएको छ ।
नयाँ सुरु गरिएको प्रबिधी जडित बिसिए उपकरणले मानवको शरीर स्क्यान गर्छ । शरिरमा फ्याटको मात्रा , पानीको मात्रा , रगतको मात्रालाइ पत्ता लगाउछ । यो उपकरणले स्क्यान गरेपछी स्किनको उपचार गर्न , तौल घटाउने उपचार प्रक्रिया गर्न सहज हुने हेल्दि होमकी एम डि भगवती भट्टराईले बताइन । प्रबिधियुक्त गरिने उपचारले एक महिनामा ७ देखि १० किलो सम्म तौल घटाउन सकिने तथ्य पुष्टि भएको लाभग्राही स्वयमले हामी सङ्गको भेटमा बताएका थिए ।

हेल्दी होमले ल्याएको हाइड्रा फेसिएल पनि लाभदायक रहेको बताइएको छ । हाइड्रा फेसिएलले अनुहारको छालाको चाया, पोतो र खिल ,पिम्पल लगायतको समास्यालाइ समाधान गर्ने दाबी गरिएको छ । हाइड्रा फेसिएल हाल ओपनिङ अफरमा ३ हजार देखि ४५ सय रुपैयाँ सम्म पर्ने र एक पटक हाइड्रा फेसिएल गरेपछी ४५ दिन सम्मलाई हुने हेल्दी होमले बताएको छ ।


काठमाडौमा रहेको हेल्दी होमको मुख्यालयले राजधानी बाहिर पोखरामा पहिलो फेन्चाइज खोलेको काठमाडौका मार्केटिङ मेनेजर जन्सन श्रेष्ठले बताए । हाल काठमान्डूको मध्य बानेस्वर , पुल्चोक , र जमलमा फेन्चाइज सन्चालनमा रहेको र २०२६ भित्र १० वटा सम्म फेन्चाइज खोल्ने तयारी भैरहेको श्रेस्ठले बताए । कार्यक्रममा बरिस्ठ चिकित्सक तिर्थलाल उपाध्याय , लगायतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रम भिम गायकले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्