२०८२ माघ २३
०६१४४५०००, ९८५६०३३३९१

असुली गर्ने र गराउने लमजुङका प्रहरी तितरबितर , जितेन्द्रले सम्हाले कमाण्ड

प्रहरिको काम नागरिकको शान्ति सुरक्षा गर्नु , र मौजुदा कानुन कार्यान्वयन गर्नु गराउनु हो भन्ने कुरा सर्बबिदित हुदाहुदै कतिपय प्रहरी कर्मचारीले कमाउ धन्दा गर्दै आएका छन । यसरी कमाउ धन्दा गरेको आरोप लागेका लमजुङ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरालाई प्रहरी प्रधान कार्यालयले १० महिनामै जिल्ला प्रहरी कार्यालय दाङ सरुवा गरेको छ। दाङमा उनी ट्वाइसी हुन ।

डिएसपी बोहोरा लमजुङ सरुवा भइ आएपछि विश्वासपात्रका रूपमा राखिएका सादा पोषाकका घुमुवा सहायक प्रहरी हवल्दार महेन्द्र थापाले क्रसर सन्चालक बाट मात्र नभै विभिन्न क्षेत्र र व्यावसायिहरूबाट पैसा उठाउने, सरसामान माग्ने, गरेको आरोप लागेको थियो । डिएसपी बोहोराको लमजुङ बसाइ आधा कार्यकाल नाघिसक्दा पनि पनि घुमुवा प्रहरीले रकम असुलीमा तिव्रता दिएको कुरा बाहिरिएको थियो ।
विशेष गरी लमजुङका हाइड्रो कम्पनिहरूले त मासिक रूपमा रकम बुझाउने गरेको निकटस्थहरुले हामिलाइ सुचना दिएका थिए । त्यस्तैगरी उदिपुर र धमिलिकुवामा रहेका क्रसरहरूले समेत मासिक रूपमा रकम बुझाउने गरेको पाइएको थियो । उदिपुर र धमिलिकुवामा अवैध क्रसरहरू सञ्चालनमा छन्। कानुनि प्रक्रिया पुर्याउन कठिन र झन्झटिलो भएकोले कमजोरिमा छिरेर त्यस्ता क्रसरबाट प्रहरीले रकम लिएर सन्चालकलाइ संरक्षण गर्ने गरेको स्थानीय र पिडितहरुको भनाइ रहेको थियो।
स्थानीयहरूले जनाएअनुसार, यी क्रसरहरूबाट हुने आम्दानी तत्कालीन प्रहरी प्रमुख बोहोरा र केही सिमित घेराका कर्मचारीहरूबीच बाँडफाँड हुने भएका कारण नियमको उल्लङ्घनलाई सहज बनाइ सरक्षण गर्ने गरेको सुचना हामिलाइ प्राप्त भएपछी केही क्रस र हाइड्रो सम्बद्द हरुसङ्ग हामिले क्रस भेरिफिकेसन गर्दै पुस ८ गते सराङ्कोटमा समाचार छापिएको थियो । सराङ्कोट साप्ताहिक र सराङ्कोट अनलाइनले समाचार छापे लगत्तै प्रहरीको तालुक कार्यालयले आन्तरिक छानबिन गरेको थियो । तत्काल सहायक प्रहरी हवल्दार महेन्द्र थापालाई घुमुवाको जिम्मेवारीबाट हटाइएको थियो । त्यसको केही समय भित्रै डिएसपी बोहोरालाई लमजुङ प्रमुखबाट तानेर दाङ पठाइएको थियो भने सहायक प्रहरी हवल्दार महेन्द्र थापालाइ काठमाडौ प्रहरी गणमा तानिएको छ ।
रेशम बोहोराको स्थानमा डिएसपी जितेन्द्र कुमार बस्नेतले लमजुङको कमाण्ड सम्हालेकाछन । उनले बिगतका कमि कमजोरी प्रति सजग रहेको दावी गर्दै आफ्नो टिमले गुनासो रहेत सेवा दिने बताएका छन । सादा पोषाकका एक जना हुन्छन उनको काम फरार अभियुक्त पक्राउ गर्नु र अपराध नियन्त्रणमा भुमिका खेल्नु हुने डिएसपी बस्नेतले बताए । भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइ नागरिकको गुनासो रहित सेवाको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्