स्याङ्जाका कृयासिल पत्रकार सुवाश रेग्मी आफ्नै आस्थाको घरबाट उपेक्षित हुन पुगेकाछन , पत्रकारिता गरेकै कारण असुरक्षित हुन पुगेकाछन त्यो पनि एउटै आस्थाका जनप्रतिनिधि बाट । उनी बिगत १ बर्ष देखि हेर्नेकुरा अनलाइनमा कार्यरत छन । २०८२ फागुन २ गते फिल्ड रिपोर्टिङ बाट कार्यालय तर्फ फर्कने क्रममा पत्रकार रेग्मी वालिङको केदारनाथ मन्दिर अगाडि दुर्ब्यबहारको सिकार भए । उनी वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुनिल खनालबाट दुर्ब्यबहारको सिकार भएका हुन ।
वडा अध्यक्ष खनालले पत्रकार वाग्लेमाथी भौतिक आक्रमणको प्रयास गरेको , क्यामेरा खोस्ने , हेल्मेट तोडफोड गर्ने कार्य गरेको भन्दै पिडित पत्रकार रेग्मिले जिउ धनको सुरक्षाको माग गर्दै भिडियो सार्बजनिक गरेकाछन ।
उनलाइ भौतिक आक्रमण गर्ने वडा अध्यक्ष सुनिल खनाल नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका ब्यक्ती हुन । उनी केही महिना अघि कालीगण्डकी बचाउ अभियानको कार्यक्रम सकेर फर्कदै गर्दा अभियन्ता दिनकर नेपाल लगायत माथी भौतिक आक्रमणमा उतृएका थिए त्यो प्रकरणमा व्यापक बिरोध भएपछी प्रहरीले वडा अध्यक्ष खनाल माथी मुद्दा चलाएको थियो ।
पिडित पत्रकार सुवाश रेग्मिले आफ्नो पेशागत सङ्गठन प्रेस युनियनले आफ्नो जिउधनको सुरक्षाको पक्षमा कुनै सरक्षण नगरेको र मिलेर जान दवाब दिएपछी आफुले न्यायको लागि प्रहरिमा फागुन ३ गते उजुरी दिएको बताएकाछन । वडा प्रहरी कार्यालय वालिङका सूचना अधिकारी इन्स्पेक्टर रमेश तिमल्सिनाले पत्रकार रेग्मिले कानुन बमोजिम कारबाहिको माग गर्दै उजुरी दिएको पुष्ठि गरेकाछन ।
वडा अध्यक्ष काङ्ग्रेसबाट चुनाव जितेका भएकोले कारबाहिको माग र प्रेस बिज्ञप्ति जारी गर्न प्रेस युनियन स्याङ्जाले आनाकानी गरेको छ । प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेसङ्ग सम्पर्क गरि पत्रकार माथी हमला हुदा किन मौन भन्ने जिज्ञासामा उनले दुबै पक्षलाइ राखेर मिलाउने प्रयास गर्दा सहमतिमा नआएको बताए । पिडितलाइ बलपूर्वक मिलाउनुको अर्थ वडा अध्यक्षलाई जोगाउन खोजेको प्रस्ट हुन आएको छ यसले पत्रकार माथी सुरक्षा चिन्ता थपेको छ । आफ्नै सहकर्मी सदस्यमाथी भौतिक आक्रमण गर्नेलाइ जोगाउने हो भने पत्रकार कसरी सुरक्षित रहन सक्छ भन्ने चिन्ता थपिएको पत्रकार बृतमा चर्चा चलेको छ । दलको भातृ सस्था नै पत्रकार सस्था भएपछी पत्रकारले दलक गुलामी गर्ने कि पत्रकारको सरक्षण भन्ने बहसको बिषय बनेको छ ।
पटके आक्रमणकारी वडा अध्यक्ष सुनिल खनालको कार्यशैली दादागिरी र कुटपिटमा लक्षित रहेको यश अघिका दुई घटनाले पुष्टि गरेको छ । जनतालाइ विधि नीति र सुरक्षा गर्नुपर्ने जनप्रतिनिधि नै कुटपिटको मैदानमा झरिरहन्छन भने पत्रकारले म सुरक्षित छु भनेर कसरी महशुस गर्ने । पत्रकारले गल्ती कमजोरी र कानुनी त्रुटि गरेको छ भने न्याय निरुपणका लागि जाने ठाउँ हुदा हुँदै भौतिक आक्रमणमा लाग्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न । वडा अध्यक्ष सुनिल खनालसङ्ग आक्रमण बारे प्रतिक्रिया लिन फोन गर्दा सम्पर्कमा आउन चाहेनन । उनले वालिङ नगरपालिकाले दिएको वडा अध्यक्षको फोन नबोक्ने भएकोले उनको नम्बर ९८५६०५४७७३ मा सम्पर्क गरेका थियौ । त्यो पनि उठेन ।
पत्रकार सुवाश रेग्मी प्रेस युनियनका केन्द्रिय सदस्य र पत्रकार महासङका केन्द्रिय सदस्य भुपराज बश्यालको हेर्नेकुरा डटकममा कार्यरत छन । स्वरोजगार मिडिया चलाएका पत्रकारका नेता बस्यालले आफ्नो सन्चारकर्मिको कस्तो सरक्षण गर्छन त्यो भने प्रतिक्षाको बिषय बनेको छ । एउटै आस्था बोक्ने पेशागत सङ्गठनले समेत असहयोग गरेर माउ सस्थाका नेताहरुलाइ जोगाउने नीति लिएको बिषयले आफ्नै घरभित्रबाट नै असुरक्षित महशुस गराएको पिडित पत्रकार रेग्मिको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्