औषधि मानव जिवनको महत्वपूर्ण बस्तु हो तर कम्पनिहरुले मानव स्वास्थ्यमा सिकायत गर्दै गुणस्तरहिन औषधी उत्पादन गर्दै आएको तथ्य पटकपटक सार्बजनिक हुदा पनि सरकार जिम्मेवार देखिएको छैन । राज्यले गरेको अनुगमनमा औषधि गुणस्तरहिन रहेको फेला पर्दा पनि उक्त कम्पनिले चेतावनीको चिर्कटो बाहेक कुनै कार्क्बाही गर्न सकेको छैन ।
बनेपा नगरपालिका १० काभ्रेमा रहेको क्युरेक्स फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेको औषधि पुन कारबाहिमा परेको छ । औषधि ब्यबस्था बिभाग काठमाडौले गरेको अनुगमनबाट सङ्कलित नमुना जाँच गर्दा इन्क्लाभ ओडि नामको एन्टिबायोटिक औषधि गुणस्तर हिन रहेको पाइएपछि बिभागले उक्त ब्याच नम्बरको औषधि बजार फिर्ता ल्याउन (रिकल ) गर्न फागुन ४ गते सूचना प्रकाशन गरेको छ । बिभागको प्रयोगशालामा जाँच गर्दा
“उक्त औषधि Amoxicillin र Clavulanic acid को Assay (मात्रा परीक्षण) तथा Amoxicillin को Dissolution test (घुल्ने क्षमता परीक्षण) सम्बन्धी IP 2022 मा तोकिएको मापदण्डअनुसार अनुपालन नभएकाले असफल (Non-compliant) भएको बिभागको जाँच रिपोर्टमा उल्लेख छ ।

औषधि जस्तो संबेदनसिल बिषयमा हुनुपर्ने परिणाम समेत नहुदा पनि औषधि कम्पनिलाइ केबल झारा टार्ने देखावटी कारबाही मात्र गरिएको छ ।
क्युरेक्स नामको औषधि उत्पादक कम्पनिको औषधि यस अघि यस्तै नमुना परिक्षण गर्दा ११ वटा औषधि गुणस्तरहिन भएको पाइएपछी रिकल गर्ने निर्णय भएको थियो । पटकपटक भएको गल्ती सच्याउन कम्पनी तयार देखिदैन । यसको कारण दन्डहिनता रहेको बुझिन आएको छ ।
क्युरेक्स फर्मास्युटिकल उध्योगबाट उत्पादित औषधि सरकारी स्वास्थ्य सस्थामा टेन्डर सप्लाइ गर्ने नितिमा अग्रसर देखिन्छ । टेन्डर बिलो रेटमा हालेर बजार लिन चाहान्छ त्यसो गर्दा औषधिको गुणस्तर खस्कने गर्छ । क्युरेक्स कम्पनिले सप्लाइ गरेको दबाइहरु प्रयोग गर्दा रोग सन्चो हुन्न भन्ने कुरा औषधि ब्यबस्था बिभागको छानबिन प्रतिबेदनले पुष्टि गरिसकेको छ तर पनि राज्यले कम्पनी माथी प्रतिबन्ध लगाएर नागरिकको जिउ धन बचाउन नखोज्नुलाइ मिलेमतोको रुपमा लिन सकिन्छ । एक दर्जन पटक गल्ती फेला परिसकेको छ तर पनि किन हुदैन प्रति
बन्ध ? औषधि कम्पनी पुरै सिल गरेर छानबिन गर्न जरुरी देखिएको छ । राज्यको संबैधानिक निकायको ध्यान जान जरुरी छ # ncda gandaki

प्रतिक्रिया दिनुहोस्