२०८२ फाल्गुन १६
०६१४४५०००, ९८५६०३३३९१

न काम ! न कारबाही ! रुग्ण बन्यो गन्डकी अस्पताल भवन , राज्य निरीह बन्दा सेवा प्रभावित !

यदुनाथ बन्जारा

झापा -५ का रास्वपाबाट उठेका उम्मेदवार बालेन शाहले कर्णालि प्रदेशको सुर्खेतको आमसभामा गरेको भाषणको एउटा अंश चर्चामा छ । निर्माण व्यावसायिहरुको ढिलासुस्तीले भएको बिकास निर्माणको अबरोध हटाउन लिइने नितिको त्यो अभिब्यक्तिसङ्ग मिल्दो जुल्दो कुरालाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निर्माणाधिन रुग्ण भवन सङ्ग जोडेर हेरिएको छ ।
प्रतिष्ठान (गण्डकी अस्पताल ) को आवश्यकता अनुसार २ सय शैया सन्चालन हुनेगरी नेपाल सरकारले २०७७/१०/ १६ गते भवन निर्माणको टेन्डर गर्यो । भ्याट सहित १० करोड ५५ लाख ४७ हजारमा २० महिना भित्र निर्माण सम्पन्न हुने गरि सेफ इन्जिनियरिङ बिल्डर्स प्राली चितवनसङ्ग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा निर्माण कम्पनिको तर्फबाट प्रबन्ध निर्देशक सुर्य पौडेलले हस्ताक्षर गरेका थिए ।
पहिलो म्याद सकियो काम आधा पनि भएन । दोश्रो म्याद थपियो कोभिडको बहाना देखाएर । अस्पताल प्रशासनले काम गर्ने बाताबरण दियो तर काममा खासै प्रगती भएन । तेस्रो पटक म्याद थपियो २०८२ साउन ३२ गते भित्र काम सक्ने गरि । तर पनि भौतिक प्रगती भएन । म्याद सकिएको ७ महिना कटिसक्यो ४-५ वटा कोठामा इट्टा जोड्ने भन्दा बाहेक केही भएको देखिदैन ।
केही महिना अघि जेनजि सरकारका भौतिक पुर्बाधार मन्त्री कुलमा घिसिङले स्थलगत अनुगमन गरे , असार महिना भित्र काम सक्न चेतावनी दिएर गए तर पनि कार्य प्रगती संतोषजनक भएको छैन । जुठो परेको बिरामी भएको बहाना बनाएर निर्माण ठेकेदार सुर्य पौडेल जोगिन खोज्दैछन । संघीय आयोजना कार्यान्वयन इकाइ पोखराका सुचना अधिकारी रामकृष्ण गिरिले बताए ।


यो अस्पतालको मेडिकल भवनको निर्माण नहुदा दैनिक सयौ बिरामिले सेवा लिनबाट बन्चित हुनुपरेको अस्पतालका निर्देशक प्रेम प्रसाद पङ्गेनिले गुनासो गरेका छन । योजना ठेक्का लिने तर बर्षौ सम्म काम पूरा नगर्दा त्यसले दुरगामी असर पारेको छ । स्पस्ट कानुनको अभावमा ठेक्का समयमा सक्न समस्या आएको बताउदै नेपाली काङ्रेसका नया सभापति गगन थापाले ४० वटा कानुन संशोधन गर्नुपर्ने बताएकाछन ।३० बर्ष सम्म आफ्नै सरकार हुदा कानुन संशोधन नगर्ने तर अहिले बिपक्षी पार्टिले कुरा उठाएपछि कानुनलाइ दोष लगाउने परिपाटीले देशको बिकास अलपत्र बन्दै गएको छ ।
अस्पतालले दिने सेवामा प्रभाव परेपछी भवन निर्माण यहि अबस्थामा हस्तान्तरण लिएर आफ्नै स्रोत ब्यबस्थापन गरेर भवन बनाउन छिटो हुने भन्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानका भिसी प्रा डा भरत बहादुर खत्रीले योजना हस्तान्तरण गरे लिन तयार रहेको बताउछन । यता ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक सुर्य पौडेल सङ्ग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन । सरकारले तत्काल यो योजना अघि बढाउने वा यहि हालतमा प्रतिष्ठानलाई सुम्पने बारेमा निर्णय लिन जरुरत देखिएको छ । ठेक्का लिने तर काम नगर्नेलाइ बालेन शाहले भने जस्तै कनुनले पाता कसेर काममा लगाउनुको बिकल्प नहुन सक्छ । राज्यका निकायको बेलैमा ध्यान जान जरुरी छ । अस्पताल भवन निर्माण योजना  ६ बर्ष देखि रुग्ण बन्दा २ सय शैयाको मेडिकल सेवा प्रभावित बन्न पुगेको छ । ठेकेदार कम्पनिका सन्चालक विभिन्न बहाना बनाएर पन्छिरहेकाछन । रुग्ण योजना निर्माणका बिषयमा सेफ इन्जिनियरिङ कम्पनिका प्रमुख सुर्य पौडेल जवाफदेहीता बाट भाग्न खोज्नुले  अझै अनिश्चिततालाइ सङ्केत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्