दिल्लीको एक अदालतले मदिरा नीति घोटालासँग सम्बन्धित सीबीआई मुद्दामा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियालाई सफाइ दिएको छ।
दिल्लिको पशुक्रबार राउज एभिन्यू अदालतले दुवै विरुद्धको आरोप प्रमाणित हुन नसक्ने फैसला सुनायो। सीबीआईले यस मुद्दामा कुल २३ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो। अदालतले उनीहरूमध्ये कसैका पनि विरुद्ध आरोपपत्र दर्ता गर्न अस्वीकार गर्दै सबैलाई सफाइ दिएको छ।
सफाइ पाएपछि केजरीवालले अदालत बाहिर मिडियासँग कुरा गर्दा भावबिव्हल भएका थिए । उनले भने ‘विगत केही वर्षदेखि, भाजपा मदिरा घोटाला र हामीमाथि लगाइएका आरोपहरूमा संलग्न छ। आज, अदालतले सबै आरोपहरू खारेज गर्यो र हामी सबैलाई मुक्त गर्यो। हामीले सधैं भन्यौं कि हामीलाई भारतीय न्याय प्रणालीमा विश्वास छ। हामीलाई न्याय दिने न्यायाधीशप्रति म हार्दिक आभारी छु। सत्यको विजय भएको छ। भगवान हाम्रो साथमा हुनुहुन्छ।’
दिल्लिका मुख्यमन्त्री र उपमुख्यमन्त्री मनीष सिसोदियालाई दुई वर्ष जेल हालियो। हामीमाथि हिलो फ्याँकियो। टिभी च्यानलहरूमा २४ घण्टा बहस चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्