२०८२ फाल्गुन २०
०६१४४५०००, ९८५६०३३३९१

नेपालमा पुर्वाधार बिकास हचुवाको निकास , पोखरा १९-२५ जोड्ने १० करोडको पुल बन्यो तर बाटो बनेन !

यदुनाथ बन्जारा

पोखरा महानगरपालिका नेपालकै ठूलो महानगरपालिका हो । यहाका समस्या र चुनौतीहरु पनि ठुलै छन । फोहोरमैला ब्यबस्थापन पछिल्लो समयमा आएर थप चुनौतीको बिषय बनेको छ ।
पोखराको भौतिक पुर्बाधार बिकासको लागि भोको छ । सहरको शिर देखि पुच्छर सम्म बग्ने खोलाहरु भएकोले पुलको आवश्यकता उतिकै छ । यहि आवश्यकतालाई मध्यनजर गरेर पुल निर्माणका योजनाहरु आएका आएइ छन तर ती योजना दशकसम्म अलपत्र हुँदै आएका छन । पोखरा महानगरपालिकाको वडा नम्बर १३ र २८ जोड्ने बिजयपुर खोलाको पुलको योजना ११ बर्ष अघि टेन्डर भयो तर अझै सम्म अलपत्र नै छ । दुइवटा ठेकदार फेरिए तर पुलको योजना फेरिएन उस्तै छ कथा उस्तै छ बेथा । पुल बनिहालेपनी १३ नम्बर तिर गाडी चढ्ने
सम्भावना कम छ भने पाएइपट्टि २८ नम्बर तिर बाटोको निकास छैन । ब्यक्तिको जग्गा भएको उक्त ठाउमा कुरा मिल्छ नै भन्न सकिने अबस्था छैन ।

बाटो हराएको सेती पुल

पोखरा महानगरपालिका वडा नम्बर २५ मानव सेवा आश्रम हेमजा र पोखरा १९ अर्खला बाबियातरा जोड्ने सेती नदिमा १० करोड ६४ लाख ८५ हजार खर्च गरेर पक्की पुल बन्यो । पुलको वारिपारी करिब सय – सय मिटर जति दुई लाइन सडक कालोपत्रे पीच पनि भयो । चिल्लो छ सडक आकर्षक छ पुल तर बिडम्बना बाटोको निकास छैन । बर्षौ पहिला खोलिएको ट्र्याक जस्तो देखिने नक्सा छ तर झाडिमा पुरिएको ढन्डोर जस्तो मात्र देखिन्छ ।
स्थानियहरु पक्की पुलको काम केबल खेलौना जस्तो मात्र भएको बताउछन । सडक निकासै नखोली पुल मात्र बनेर त्यसको उपयोग नै नभएको स्थानिय तारानाथ पौडेल बताउछन । गत बर्ष नै हो पुलको निर्माण सम्पन्न भएको । पुलको २५ नबर तर्फको सडक निर्माण तर्फ भएको राज्यको मौनता बुझिनसक्नुको छ । वारिपारी गर्नमात्रै भएत छेउमै छ झोलुङ्गे पुल किन चाहियो १० करोडको पक्की पुल पुरन्चौरका एक किसानले तितो पोखे ।
हामिले पुलको उत्तर तर्फको निकास खोज्दै अघि बढ्यौ । गाडी मोटरसाइकल त के हिडेर जाने पैदल बाटो पनि हरायो । झाडि र ढन्डोरले निसास्सिने अबस्था देखेपछी पुल नामको अधुरो बिकासले सरकारलाइ गिज्ज्याइरहेको महसुस गरायो । हेमजा बाट अकला मन्दिर देखि माथिल्लो भेग हुँदै पुरुन्चौर , लहाचोक घाचोक जाने सबैभन्द्दा छोटो र बैकल्पिक निकास हो त्यो बाटो तर कहिले बन्छ ? सेल्फी खिचेर मस्किनु र बाटो देखेर झस्किनु बाहेक केही उपाए नभएको निरीह नागरिकहरु बताउछन ।
ससद सचिवालयका महासचिव भरतराज गौतमको पहलमा पुलको योजना पारिएको पोखरा १९ पुरन्चौरका एक स्थानीयले बताए । पुलको योजना पारेको तर बाटो नहुदा पुल उपयोगमा आउने सम्भावना नभएकोमा उनले दुखेसो पोखे ।
बाटो कसले बनाउने ? केन्द्र सरकारले कि ,प्रदेश सरकारले कि स्थानीय सरकारले ? यो बिषयमा सरोकारवाला निकायको मौनतालाई अर्थपूर्ण रुपमा लिइएको छ । पुल सेक्टर पोखराका सूचना अधिकारी इन्जिनियर बिदुर सुवेदी चुइ भन्छन “हाम्रो जिम्मेवारी पुल र एप्रोच निर्माण हो जुन काम हामिले सक्यौ ।” करिब ८ सय मिटर बाटोको निकास खुलाउने काम गर्नुपर्ने इन्जिनियर बिदुर बताउछन । पुरानो ट्र्याक खोलेर सफाइ गर्न सकेमा पनि स्थानीयले राहत पाउने र पुल निर्माणले अर्थ राख्ने उनको प्रतिक्रिया रहेको छ ।
बाटो निकास बारे पालिका सरकार र प्रदेश सरकारको आँखा खुलेर तत्काल पहल कदमी उठाउन पर्ने टड्कारो देखिन्छ । बाटोको निकास खुलेन भने नागरिकले सहजता पनि नपाउने र पुल निर्माणमा राज्यको लगानी ब्यर्थ हुने निस्चित छ ।
बाटो नै निस्चित निकास नगरी पुलको योजना पार्नेले राज्यको लगानिको उपयोगिता बारे सोच्न्न नसक्ने कार्यलाइ राज्यको लगानिमा हुने दिगो बिकास लक्ष कसरी मान्ने ? यस बिषयमा राज्यका निकायले तत्काल उपाय खोजेर बिकासको लागि निकास दिनु पर्ने बेला आएको छ । बाटो नखोली पुल बनाउने हो भने त्यो बिकास आकाशको फल आँखा तरि मर भन्नु पर्ने बाध्यता आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्